दनुवार जातिको सामाजिक संरचनाः एक समाजशास्त्रीय दृष्टिकोण {Social Structure of the Danuwar Caste: A Sociological Approach}

Authors

  • राजु Raju केसी KC Padma Kanya Multiple College

DOI:

https://doi.org/10.3126/vot.v7i01.51042

Keywords:

सामाजिक संरचना, बसोवास तथा जनसङ्ख्या, दनुवार समुदाय, उत्पत्ति तथा नामकरण, थर तथा उपथर

Abstract

यो अध्ययनमा दनुवार समुदायको सामाजिक संरचनाको विश्लेषण गरिएको छ । नेपालमा पाइने विभिन्न जनजातिहरूमध्ये दनुवार पनि एउटा महत्वपूर्ण समुदायभित्र पर्दछ । महत्वपूर्ण सांस्कृतिक विशेषता भएकै कारण दनुवार समुदायलाई नेपाली समाज एवम् संस्कृतिको बहुमूल्य आभूषण मानिएको हो । अन्य जातीय समुदायका भन्दा पृथक सामाजिक/सांस्कृतिक विशेषता भएका कारण यो समुदायलाई महत्वका साथ हेर्ने गरिन्छ । अतः अध्ययन अनुसन्धानका लागि यो समुदायलाईमहत्वपूर्ण विषयका रूपमा लिन सकिन्छ । दनुवारसमुुदायमा अन्य समुुदायमा जस्तै जातीय पहिचानका छुट्टै आधारहरू छन् । मौलिकताको परिचय दिने विशेषता पाइन्छन् । सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, भाषिक जस्ता विभिन्न विशेषताहरूका क्षेत्रमा यो जाति सम्पन्न छ । वास्तवमा त्यस्ता मूर्त तथा अमूर्त परम्परागत सांस्कृतिक सम्पदाहरू यस समुदायका पहिचान हुन् । तिनै सांस्कृतिक धरोहरहरूले यो जातिलाई चिनाउँदछन् । फलस्वरूप यो समुदाय अन्य समुदायभन्दा पृथक देखिन्छ । मौलिक सामाजिक एवम् सांस्कृतिक मूल्य मान्यता, चाल–चलन, बानी–व्यवहार, भाषा, धर्म, बसोवास क्षेत्र भएकै कारण यो समुदायलाई आदिवासी जनजातिको रूपमा स्वीकार गरिएको हो । यस अध्ययनमा यो जातिका सामाजिक संरचनाका विषयमा विश्लेषण गर्ने प्रयास भएको छ । यसक्रममा सिन्धुली जिल्ला दुधौली गाउँपालिका ६ हर्साही गाउँमा बसोवास गर्ने यो जातिलाई अध्ययनको केन्द्र बनाइएको हो ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
126

Author Biography

राजु Raju केसी KC, Padma Kanya Multiple College

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-12-24

How to Cite

केसी KC र. R. (2022). दनुवार जातिको सामाजिक संरचनाः एक समाजशास्त्रीय दृष्टिकोण {Social Structure of the Danuwar Caste: A Sociological Approach}. Voice of Teacher, 7(01), 171–182. https://doi.org/10.3126/vot.v7i01.51042

Issue

Section

Articles