पर्याप्रेमको गुञ्जन कवितासङ्ग्रहका कवितामा पर्यावरणीय चेतना
DOI:
https://doi.org/10.3126/vot.v9i1.89491Keywords:
अस्तित्व, औद्योगीकरण, जलवायु परिवर्तन, पारिस्थितिकी, सङ्कटAbstract
प्रस्तुत लेखमा पर्यावरणीय चेतनाका आधारमा कृष्ण बाउसेको “पर्याप्रेमको गुञ्जन” (२०८०) कवितासङ्ग्रहका कविताको विश्लेषण गरिएको छ । विकासका नाममा प्रकृतिमाथि मान्छेले गरेको विनाश र त्यसले पर्यावरणमा पारेको असरप्रतिको चेतना नै पर्यावरणीय चेतना हो । “पर्याप्रेमको गुञ्जन” कवितासङ्ग्रहका कविताका पर्यावरणीय चेतनाको स्थिति केकस्तो रहेको छ भन्ने मूल समस्या रहेको यस लेखले प्रकृतिको दोहनप्रतिको असन्तुष्टि, प्रकृति र मानवबिचको सुमधुर सम्बन्धको आग्रह, मानवकेन्द्रित सोचको आलोचना, विकास र पर्यावरणीय सन्तुलनको द्वन्द्व, प्राकृतिक सम्पदाको संरक्षणप्रतिको सङ्कल्प, पर्यावरण संरक्षणमा सामूहिक चेतना र जिम्मेवारी, सबै प्राणीको समान अस्तित्वप्रतिको चेतना तथा पारिस्थितिक प्रणालीको सङ्कट र संरक्षणप्रतिको चेतनासम्बन्धी मान्यताका आधारमा कृतिको विश्लेषण गरी प्राज्ञिक जिज्ञासाको समाधानमा पुग्ने उद्देश्य लिएको छ । पाश्चात्य जगत्मा प्रचलित पर्यावरणीय चेतनासम्बन्धी साहित्यसिद्धान्तका आधारमा कृतिको विश्लेषण गरिएको हुनाले यो लेख निगमनात्मक प्रकृतिको बन्न पुगेको छ । सामग्रीसङ्कलनका त्रफ्ममा पुस्तकालयीय पद्धतिलाई अवलम्बन गरिएको यस लेखमा प्राथमिक सामग्रीका रूपमा पर्याप्रेमको गुञ्जन कवितासङ्ग्रहभित्रका सुरुका पच्चिस कवितालाई लिइएको छ भने यससँग सम्बन्धित लेख, समीक्षा तथा विश्लेषण र पर्यावरणीय चेतनासँग सम्बन्धित कृतिलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा पर्यावरणीय चेतनासँग सम्बद्ध आधारभूत मान्यताका सापेक्षमा “पर्याप्रेमको गुञ्जन” कवितासङ्ग्रहका कवितामा अभिव्यत्तफ् पर्यावरणीय चेतनाको विश्लेषण एवम् पहिचान गरिएको छ । विकासका नाममा गरिएको प्रकृतिको दोहन, मानवकेन्द्रित सोचको आलोचना, पर्यावरणीय सन्तुलनमाथिको सङ्कटको विरोध गरी प्रकृति र मानवबिचको सुमधुर सम्बन्ध, सबै प्राणीको समान अस्तित्व, पारिस्थितिक प्रणालीको संरक्षणको आग्रहसम्बन्धी पर्यावरणीय चेतना
बाउसेका कवितामा मुखरित भएको निष्कर्ष यस लेखको रहेको छ ।