नारी एक अनुरोध कवितामा लयविधान

Authors

  • Man Maya Pokharel Tribhuvan University (TU), Padmakanya Multiple Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/vot.v9i1.89495

Keywords:

अबला, गेहदासी, देहप्यासी, पङ्क्तिविन्यास, विचलन, वीराङ्गना, समानन्तरता

Abstract

प्रस्तुत लेखमा मुकुन्दशरण उपाध्यायद्वारा लिखित नारी : एक अनुरोध कवितामा प्रयुक्त लयविधानको  अध्ययन गरिएको छ । यसमा कवितामा लय सिर्जना गर्ने मुख्य युक्तिहरू पङ्क्तिविन्यास, समानन्तरता, विचलन, विपरीतता, सम्बोधन र लेख्यचिन्हहरूका आधारमा उक्त कवितामा प्रयुक्त लयविधानको विश्लेषण गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको बनेको छ । शास्त्रीय छन्दमा लेखिएको प्रस्तुत कवितामा मन्दाक्रान्ता छन्दका सम्पूर्ण अभिलक्षणहरू प्रयोग भएकाले यसको पङ्क्ति– विन्यास सुनियोजित रहेको छ । स्वर तथा व्यञ्जन वर्णहरूको पुनरावृत्ति गरी शब्दालङ्कारको सुन्दर प्रयोग गरिएको यस कवितामा अन्तरानुप्रासले उत्कृष्ट लय सिर्जना गरेको छ । व्याकरणिक पदक्रम तथा वैचारिकताको विचलन भएको प्रस्तुत कवितामा नारी पुरुषका स्वभावगत विपरीतता, प्राचीनतम र अधुनातन तथा पूर्वीय र पाश्चात्य संस्कृतिगत विपरीतता देखाइएको छ । यसबाट कवितामा सुन्दर लय सिर्जना भई अर्थगाम्भीर्य प्रकट भएको छ । यस कवितामा युगौँदेखि चल्दै आएको नारीपुरुष बिचको भेदभावपूर्ण सम्बन्ध हटेर समतामूलक समाजको निर्माण गर्न आग्रह गर्दै युवाहरूलाई सम्बोधन गरिनुका साथै कवितामा सूचक, विस्मयादिबोधक, तथा योजक चिह्नलाई प्रयोजनपूर्ण तरिकाले प्रयोग गरिएको छ । यसले कवितामा भावगाम्भीर्य प्रकट गर्नुका साथै लयगत विशिष्टता प्राप्त गरेको निष्कर्ष निकालिएको छ । कविता विश्लेषणका लागि पाठविश्लेषणात्मक विधि अपनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF (Nepali)
14

Author Biography

Man Maya Pokharel, Tribhuvan University (TU), Padmakanya Multiple Campus, Kathmandu

Lecturer Department of Nepali 

Downloads

Published

2024-12-31

How to Cite

Pokharel, M. M. (2024). नारी एक अनुरोध कवितामा लयविधान. Voice of Teacher, 9(1), 111–120. https://doi.org/10.3126/vot.v9i1.89495

Issue

Section

Articles