मुक्ति रामायण खण्डकाव्यको विधातात्त्विक अध्ययन

Authors

DOI:

https://doi.org/10.3126/vot.v10i1.89497

Keywords:

आद्यरूप, क्रान्तिपुरुष, निरङ्कुश, पौराणिक, विद्रोही पात्र

Abstract

युद्धप्रसाद मिश्रको खण्डकाव्य ‘मुक्ति रामायण’ मा खण्डकाव्यका विधागत तइभ्वका आधारमा अध्ययन गरिएको छ । यस काव्यमा रामायणीय विषयवस्तु, पात्र, परिवेश जस्ताको तस्तै प्रयोग गरी तत्कालीन युग सुहाउँदो पात्रका वैशिष्ट्य परिवर्तन गरी कृतिगत सन्दर्भ पुनसिर्जन गरिएको छ । प्रस्तुत खण्डकाव्यमा ईश्वरीय शक्तिका रूपमा रहेका रामलाई क्रान्तिकारी पुरुषका रूपमा चित्रण गरिएको छ । सीता र शरभङ्गलाई विद्रोही पात्रका रूपमा प्रस्तुत गरिएको छ । कवि मिश्रले तत्कालीन निरङ्कुश शासकका रूपमा रावणलाई चित्रण गरी त्यस प्रवृत्तिको विरोध गर्दा आफू निर्वासित हुनुपरेको तत्कालीन नेपाली राष्ट्रिय राजनीतिक सन्दर्भलाई संयोजन गरेका छन् । निरङ्कुश प्रवृत्तिको अन्त्य नभएसम्म स्वतन्त्रतता प्राप्त नहुने कविको वैचारिक स्वर अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा खण्डकाव्यका विधागत तइभ्वहरूको विश्लेषण गरी कृतिका संरचनात्मक घटकहरू सबल रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
6
PDF (Nepali)
8

Author Biography

Sharada Pandey, Tribhuvan University (TU), Padmakanya Multiple Campus ,Kathmandu

Lecturer, Department of Nepali 

Downloads

Published

2024-12-31

How to Cite

Pandey, S. (2024). मुक्ति रामायण खण्डकाव्यको विधातात्त्विक अध्ययन. Voice of Teacher, 9(1), 121–133. https://doi.org/10.3126/vot.v10i1.89497

Issue

Section

Articles