विधातत्त्वका आधारमा युङफ्राउ नियात्रासङ्ग्रह

Authors

DOI:

https://doi.org/10.3126/vot.v9i1.89583

Keywords:

युङफ्राउ, एथेना, नाइकी, किलगुला, क्यासल

Abstract

‘विधातत्त्वका आधारमा युङफ्राउ नियात्रासङ्ग्रह’ शीर्षकको यस लेखमा नेपाली साहित्यसिद्धान्तमा प्रचलित नियात्रासम्बन्धी सिद्धान्त र तिनमा प्रस्तुत नियात्राका तत्वहरू पहिच्याउँदै तिनै विधागत तत्वहरूका आधारमा कृष्ण बजगाईद्वारा लिखित युङु फ्राउ नियात्रासङ्ग्रहको अध्ययन र विश्लेषण गरिएको छ । यस लेखमा नेपाली साहित्यमा प्रचलित नियात्राका तत्वहरूमध्येको सकेसम्म कम सङ्ख्यामा बढी पक्षहरू समेटिएको सिद्धान्तका तत्वहरूलाई मानक मानी नियात्रासङ्ग्रहको विश्लेषणका लागि रोजिएको छ । नेपाली नियात्राजगतमा वि.सं. २०८० मा प्रकाशित युरोपका विभिन्न स्थानहरू ग्रस, स्वीजरल्याण्ड, पोर्चुगल र बेलायतको यात्रा समावेश भएको प्रस्तुत नियात्रासङ्ग्रहका केही अध्ययनहरू विभिन्न पत्रिकामा प्रकाशित भए तापनि विधातत्त्वका आधारमा यस नियात्रासङ्ग्रहको अध्ययन यसअघि भएको देखिँदैन । यसै कमीलाई पुरा गर्ने उद्देश्यले ‘नियात्राको विधातत्त्वका आधारमा ‘युङफ्राउ’ नियात्रासङ्ग्रह कस्तो छ?’ भन्ने शोधप्रश्नमा केन्द्रित भएर गुणात्मक विधि अवलम्बन गर्दै यो अध्ययन गरिएको छ । नियात्राका पाँच तत्वहरू गतिशीलताका आधारमा युङफ्राउ पहिलो गतिविधिपछि का गतिविधिमा बढी गतिशील, सूचना वा जानकारीका दृष्टिले उच्चकोटिको, यथार्थ र कल्पनाका दृष्टिले हेदार् ज्ञानवद्धर्क ऐतिहासिक सूचनाको थरातलमा टेकी सुन्दर नेपालको कल्पना गरिएको, अनुभव तथा व्यक्तित्वका कसीमा हेदार् बजगाईको भावुक हृदय, देशप्रेमी व्यक्तित्व, ज्ञानवद्धर्क खोजकर्ता र मनोरञ्जक व्यक्तित्वका धनी अनि भाषाशैली तथा प्रस्तुतिकरणका आधारमा हेदार् सकेसम्म नेपाली भाषाका शब्दहरू प्रयोगका साथ कार्यात्मक र चित्रात्मक शैलीको प्रयोग भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF (Nepali)
13

Author Biography

Shailaja Pokharel, Tribhuvan University, Padmakanya Multiple Campus,Baghbazar Kathmandu

Lecturer in the Department of Nepali

Downloads

Published

2024-12-31

How to Cite

Pokharel, S. (2024). विधातत्त्वका आधारमा युङफ्राउ नियात्रासङ्ग्रह. Voice of Teacher, 9(1), 134–143. https://doi.org/10.3126/vot.v9i1.89583

Issue

Section

Articles