नेपालमा शैक्षिक उपलब्धिको बदलिँदो स्वरूप

Authors

DOI:

https://doi.org/10.3126/vot.v10i1.89625

Keywords:

नेपाल जीवनस्तर सर्वेक्षण, शैक्षिक उपलब्धि, साक्षरता, सहभागिता, लैङ्गिक, असमानता, विद्यालय छोडाइ

Abstract

यस अध्ययनले नेपाल जीवनस्तर सर्वेक्षण तेस्रो र चौथोका राष्ट्रिय प्रतिनिधित्व गर्ने तथ्यांकहरूको तुलनात्मक विश्लेषणमार्फत करिब एक दशक अवधिमा नेपालको शैक्षिक रूपान्तरणलाई समीक्षा गर्दछ । तुलनात्मक ढाँचामा आधारित यस अध्ययनले साक्षरता, विद्यालय सहभागिता, शैक्षिक स्तरगत प्रगति, विद्यालय छोड्ने प्रवृत्ति तथा सार्वजनिक निजी विद्यालय छनोटमा देखिएका परिवर्तनहरूको मूल्याङ्कन गर्दछ । शिक्षामा आएको परिबर्तन देखाउने यी प्रतिबेदनहरुका एक दशकको नतिजाहरूले आधारभूत शिक्षामा उल्लेखनीय विस्तार, वयस्क साक्षरतामा महत्वपूर्ण वृद्धि र लैङ्गिक समावेशनमा उल्लेख्य प्रगति गरेको देखाउछ । आधारभूत विद्यालय शिक्षामा सहभागिता लगभग सबैलाई समेट्ने स्तरमा पुगेको छ र माध्यमिक तहमा समेत उल्लेखनीय वृद्धि भएको देखिन्छ, जसले नीतिगत सुधार र घरपरिवार स्तरमा बढ्दो शैक्षिक आकांक्षाको प्रभावलाई प्रतिविम्बित गर्दछ । यी उपलब्धिहरूका बाबजुद यस अध्ययनले ठूला चुनौतीहरू अझै कायम रहेको देखाउँछ । आधारभूत तहभन्दा माथि जाने शैक्षिक प्रगति सुस्त छ । औसत अध्ययन वर्षमा उल्लेखनीय सुधार देखिँदैन र उच्च शिक्षामा पहुँच सीमित नै रहेको छ । आर्थिक स्थितिको विषमता अझै पनि शैक्षिक अवसरको मुख्य निर्धारक बनेको छ । गरिब तथा ग्रामीण परिवारका बालबालिकाले माध्यमिक तह पूरा गर्न कठिनाइ भोगिरहेका छन् र गुणस्तरीय निजी विद्यालयसम्म सीमित पहुँच राख्छन् । विद्यालय छोडाइ प्रवृत्तिहरू प्रायः शैक्षिक कमजोरी, घरेलु श्रम दायित्व र कम उमेरमै विवाहजस्ता संरचनागत समस्यासँग जोडिएका देखिन्छन् । ंसमग्रमा, नेपालको शिक्षा प्रणाली समावेशी र विस्तारमुखी बन्दै गएको देखिए पनि समान पहुँच, शिक्षाको गुणस्तर र माध्यमिक तथा उच्च शिक्षातर्फको संक्रमण अझै महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ । यी चुनौतीहरू समाधान गर्न सार्वजनिक विद्यालयमा निरन्तर लगानी, पछाडिपरेका समूहहरूका लागि लक्षित सहयोग र माध्यमिक तथा उच्च शिक्षातर्फको प्रवेश सुरक्षित बनाउने नीति अपरिहार्य देखिन्छ, जसले दिगो विकास लक्ष्य र नेपालको मानव विकासका दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न पनि मद्दत गर्नेछ । यसैले शिक्षामा गरिने लगानी रास्ट्रिय बिकासको लक्ष प्राप्त गर्ने महत्त्वपूर्ण आधार हो भन्ने बुझाइमा नीति निर्माता पुग्न जरुरी छ, जसले यस क्षेत्रमा लगानी बढाउन मद्दत गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF (Nepali)
14

Author Biography

Balaram Acharya, Tribhuvan University, Padmakanya Multiple Campus, Baghbazar Kathmandu

Associate Professor, Department of Sociology

 

Downloads

Published

2025-12-31

How to Cite

Acharya, B. (2025). नेपालमा शैक्षिक उपलब्धिको बदलिँदो स्वरूप. Voice of Teacher, 10(1), 126–145. https://doi.org/10.3126/vot.v10i1.89625

Issue

Section

Articles