भाषा शिक्षा सिकाइमा प्रविधियुक्त कक्षा व्यवस्थापन

Authors

  • लक्ष्मी Laxmi आचार्य Acharya यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस

Keywords:

डिजिटल साक्षरता, सफ्टवयर, प्रविधिमैत्री, प्राज्ञिक व्यवस्थापन

Abstract

प्रस्तुत लेख भाषा शिक्षण सिकाइमा प्रविधियुक्त कक्षा व्यवस्थापनमा केन्द्रित रहेको छ ।यस लेखको प्रमुख उद्देश्य भाषा शिक्षण सिकाइमा सूचना र प्रविधिको प्रयोग, त्यस सम्बन्धी राज्यस्तरबाट निर्माण गरिएका नीति तथा कार्यक्रमहरू, नेपालको परिपे्रक्ष्यमा सूचना –प्रविधियुक्तं कक्षाको व्यवस्थापकीय पक्षमा देखिन सक्ने समस्या तथा भाषा शिक्षणका लागि आवश्यक प्रविधियुक्त कक्षाकोठा व्यवस्थापन र शिक्षकको पेसागत विकाससँग सम्बन्धित रहेर प्रकाश पार्नु रहेको छ । यस लेख निर्माणका लागि पूर्वकार्यको अध्ययनबाट प्राप्त सार तथा ज्ञानलाई आधार मानिएको छ । भाषा शिक्षण सिकाइका लागि परिवर्तित समाज, सिकाइका लागि प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनका पक्षहरूका रूपमा भौतिक व्यवस्थापन प्राज्ञिक तथा मनोवैज्ञानिक व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, भाषिक पछौटे समूहको व्यवस्थापनले शिक्षण सिकाइमा पार्ने प्रभावलाई अध्ययन गरी त्यसको उपयोगिता किटान गर्नतर्फ अध्ययन केन्द्रित छ ।प्रस्तुत लेख तयार पार्ने क्रममा सामग्री सङ्कलनमा द्वितीयक स्रोतका सामग्रीको उपयोग गर्दै पुस्तकालयको प्रयोग गरी विभिन्न सन्दर्भ पुस्तक, जर्नल, अनुसन्धानमूलक लेख, पत्रपत्रिकाको उपयोग गरी वर्णनात्मक रूपमा विषयवस्तुको निचोडमा पुग्नका लागि गुणात्मक अध्ययन ढाँचालाई अवलम्बन गरिएको छ । यस लेखले कक्षा व्यवस्थापनमा चासो राख्ने सरोकारवालाहरूलाई अध्ययनको सहजताका लागि प्राज्ञिक खुराक बन्नेछ ।

Abstract
429
PDF
0

Author Biography

लक्ष्मी Laxmi आचार्य Acharya, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस

उपप्राध्यापक/विभागीय प्रमुख, नेपाली शिक्षा विषय

Downloads

Published

2024-05-31

How to Cite

भाषा शिक्षा सिकाइमा प्रविधियुक्त कक्षा व्यवस्थापन. (2024). YAGYODAYA Journal, 2(1), 121-132. https://doi.org/10.3126/yj.v2i1.66299

Issue

Section

Articles

How to Cite

भाषा शिक्षा सिकाइमा प्रविधियुक्त कक्षा व्यवस्थापन. (2024). YAGYODAYA Journal, 2(1), 121-132. https://doi.org/10.3126/yj.v2i1.66299