आधुनिक नेपाली कथाको विकास

Authors

  • प्रेमप्रसाद Premprasad तिवारी Tiwari त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस

Keywords:

यथार्थवाद, नवचेतनावाद, मनोवैज्ञानिकता, प्रगतिवाद

Abstract

प्रस्तुत लेखमा आधुनिक कालमा विकसित भएका विभिन्न धारा तथा प्रवृत्ति केकस्ता रहेका छन् भन्ने मूल समस्याको समाधान खोजिएको छ । यस लेखमा पुस्तकालयीय कार्यबाट द्वितीयक स्रोतका सामग्री सङ्कलन गरी तिनैको विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा माध्यमिक कालीन अतिकाल्पनिकता, आदर्शवादिता औपदेशिकता, शिथिल आख्यान अनि दुर्बल संरचनायुक्त कथा लेखनको परम्पराबाट विच्छेद हुँदै ‘शारदा’ पत्रिकामा गुरुप्रसाद मैनालीको ‘नासो’ (१९९२) प्रकाशन भएपछि नेपाली कथा आधुनिकतामा प्रवेश गरेको विषय प्रस्तुत गरिएको छ । साथै यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाले ‘चन्द्रवदन’ (१९९२) कथा प्रकाशन भएपछि नेपाली कथाको संरचना पाश्चात्य कथालेखनसँग पनि जोडिन पुगेको विषय उल्लेख गरिएको छ । यस लेखमा नेपाली कथाको आधुनिक कालमा सामाजिक यथार्थवादी धारा, मनोविश्लेषणवादी धारा, प्रगतिवादी धारा, नवचेतनावादी धारा तथा उत्तरआधुनिकतावादी धारा विकसित हुन पुगेका छन् भन्ने निष्कर्ष निकालिएको छ । यस लेखमा पाश्चात्य साहित्यमा विकसित भएका विविध मान्यताको उपयोग गरी बहुलवादी कथा लेख्ने प्रचलन पनि नेपाली कथाको उत्तरवर्ती चरण प्रवेश गरेको पाइन्छ भन्ने निष्कर्ष निकालिएको छ । आजसम्म पनि नेपाली कथामा नवीन प्रवृत्ति भित्रिइरहेका छन्र ती सबै नवीनतालाई सम्बोधन गर्दै आधुनिक नेपाली कथा निरन्तररूपमा अगाडि बढेको छ भन्ने कुरा देखाइएको छ ।

Abstract
350
PDF
0

Author Biography

प्रेमप्रसाद Premprasad तिवारी Tiwari, त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस

  उपप्राध्यापक, नेपाली

Downloads

Published

2024-05-31

How to Cite

आधुनिक नेपाली कथाको विकास. (2024). YAGYODAYA Journal, 2(1), 149-158. https://doi.org/10.3126/yj.v2i1.66301

Issue

Section

Articles

How to Cite

आधुनिक नेपाली कथाको विकास. (2024). YAGYODAYA Journal, 2(1), 149-158. https://doi.org/10.3126/yj.v2i1.66301