भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व

Authors

  • Rajesh Gaiju

Keywords:

सापारु, गाईजात्रा, ताहाःसाँ, द्वसाँ, मासाँ, ताहामचा

Abstract

काठमाडौँ उपत्यकाका नेवाः समुदायको सांस्कृतिक क्रियाकलाप प्राचीन तथा मध्यकालीन समय खण्डको झलक दिने तवरको छ, जसले नेवाः समुदायलाई सांस्कृतिक जीवन्तता प्रदान गर्न मद्दत पुगेको छ । भक्तपुर, कान्तिपुर र ललितपुरको नेवाः सभ्यता वर्तमानसम्म पनि वर्षभरि नै परापूर्वबाट अनुगृहीत सांस्कृतिक तथा सामाजिक जात्रा पर्व, चाड तथा धार्मिक क्रियाकलापहरू सञ्चालन हुँदै आइरहेको छ । काठमाडौँ तथा ललितपुर र मोफसलका क्षेत्रहरूमा गैर नेवाः समुदायको प्रभाव केही मात्रामा देखिएका कारण स्थानीय जात्रा बाहेक अन्य जात्रा पर्वहरू सामान्य तरिकाले सञ्चालन गर्न थालिएको छ । यसको आर्थिक, दक्ष जनशक्ति, समय जस्ता अन्य कारण पनि छन् । यद्यपि नेवाः समुदाय र केही स्थानमा गैर नेवाः समुदायको सहयोगले पनि बर्सेनि जात्रा–पर्व सञ्चालन गर्दै आइरहेको उदाहरण छन् । नेपालका विभिन्न स्थान र उक्त भेकका सम्पूर्ण समुदायको सक्रिय सहभागितामा सञ्चालन गरिने महत्वपूर्ण जात्राहरू मध्ये एक ‘सापारु’ वा ‘सायात’ जात्रा हो, जसलाई नेपालीकरण गर्दा ‘गाईजात्रा’ भनेर नेपाली समाजमा प्रचलित छ ।
नेवाः समुदायमा सापारुमा मृतकको सम्झना स्वरूप ‘साँचा’ अथवा ‘ताहाःसाँ’ (नेपाली समाजमा ‘गाई’ भनेर चिनिने) निर्माण गरेर मुख्य सहर परिक्रमा गरिने प्रचलन रहेको छ । ताहाःसाँको सांस्कृतिक महत्व के छ ? ताहाःसाँको धार्मिक तथा पौराणिक अर्थ के हो ? जनप्रचलनमा ताहाःसाँको व्यवस्था केको लागि हो ? ताहाःसाँ तथा सापारु शब्दलाई नेपालीकरण गर्दा कतिको सही वा गलत अर्थ निस्केको छ ? यी प्रश्नहरूको उत्तर विचाराधीन नै रहेको छ । सापारु र गाईजात्रा भनेर सम्बोधन गरिने जात्राको पौराणिक तथ्य के हो त ? र नेवाः र गैर नेवाः समुदायले कतिको बुझेको छ भन्ने मूलभूत प्रश्न पनि उब्जिएको छ । किनकि नेपाल–भाषाको शब्द ‘साँ’ ले गाई मात्र जनाउँदैन, साँढेलाई पनि जनाउँछ । तसर्थ ‘सापारु’ शब्दले ‘गाईजात्रा’ नै जनाउँछ त ? सापारुमा निकाल्ने ‘ताहाःसाँ’ लाई ‘गाई’ नै मान्न सकिने सङ्केतात्मक सांस्कृतिक क्रियाकलाप के रहेको छ भन्ने तथ्यको खोज यस अध्ययनद्धारा गरिएको छ । यस अध्ययन सम्पन्न गर्नको लागि गुणात्मक अध्ययन विधि चयन गरिएको छ । यस अध्ययनको लागि स्रोतको रूपमा प्रत्यक्ष अवलोकन, फोटोग्राफ, व्यक्तिगत अन्तरवार्ता, विभिन्न लेख तथा प्रकाशित पुस्तकहरू समावेश गरी तथ्यहरू सङ्कलन  गरिएको छ । प्राप्त भएका सूचना तथा तथ्यहरूलाई वर्णनात्मक विधिद्धारा विश्लेषण गरी निष्कर्षमा पुगेको छ । 

शब्द कुञ्जी  सापारु, गाईजात्रा, ताहाःसाँ, द्वसाँ, मासाँ, ताहामचा  

Abstract
0
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

Gaiju, R. (2025). भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व. Samriddhi Journal of Development Studies, 11(2), 1-9. https://doi.org/10.3126/sjds.v11i2.98036

Issue

Section

Articles

How to Cite

Gaiju, R. (2025). भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व. Samriddhi Journal of Development Studies, 11(2), 1-9. https://doi.org/10.3126/sjds.v11i2.98036