उच्च सिकाइ उपलब्धिका कारक पक्षहरू Uchha Sikai Upalabdhika Karak Pakshyaharu
DOI:
https://doi.org/10.3126/tuj.v30i2.25570Keywords:
Higher Education, learning method, sarlahi district, Janata Nimna madhyamik ViddhyalayaAbstract
सर्लाही जिल्लास्थित खुटौना गा.वि.स. ओडा नं. १ मा रहेको श्री जनता निम्न माध्यमिक विद्यालयमा गई क्षेत्रकार्यअन्तर्गत प्रामाणिक सूचनाहरू लिएर गरिएको प्रस्तुत अध्ययनबाट विद्यार्थीहरूको उच्च सिकाइ उपलब्धि हासिल गर्नका लागि विषय शिक्षकहरूको
सर्वाधिक भूमिका हुने देखियो । सिकाइ उपलब्धिलाई उच्च तुल्याउनका लागि यस विद्यालयले व्यावहारिक शिक्षण, उपलब्ध शैक्षिक सामग्रीहरूको यथोचित प्रयोग, पुस्तकालयको अभावमा समेत थोरै पुस्तकहरू जुटाएर झोले÷घुम्ती पुस्तकालयको व्यवस्था, केही गर्ने अठोट,
नियमित गृहकार्य, पृष्ठपोषणर परीक्षा, नतिजाको नियमित विश्लेषण, सबै विषयप्रति प्रअको समान दृष्टिकोण, वृत्तिविकासका लागि शिक्षकहरूलाई आलोपालो अवसर, पारदर्शी मूल्याङ्कन, समस्याहरूको वस्तुगत आकलन र निराकरणका लागि ठोस योजना, योजना र
निर्णयहरूको इमानदारी कार्यान्वयन तथा कार्यक्रमिक र नीतिगत तहको सन्तुलित व्यवस्थापन गर्न अधिकतम प्रयत्न गरेको पाइयो । यस विद्यालयले विद्यालयीय सिकाइमा खपत हुने समय, गृहकार्यको सूक्ष्म परीक्षण, तत्काल पृष्ठपोषण तथा प्रभावकारी शिक्षण सिकाइ गरी विशेष चार कुराहरूमा ख्याल गरेको देखियो । बालकको सिक्ने आनीबानी, त्यसमा गुरुहरू र अग्रजहरूको प्रभाव, त्यसबाट उनीहरूको सिकाइ उपलब्धिमा पर्ने असरका बारेमा विद्यालय परिवार सचेत देखियो । प्रधानअध्यापक विद्यालय व्यवस्थापन समितिका
सदस्य सचिव तथा भूमिकामूलक नेतृत्व समेत भएका कारण उनले वि.व्य.स. र अन्य सरोकारवालाहरूको माझमा समन्वयकारी भूमिका निर्वाह गरेको पाइयो । सबै बालबलिकाका सबल र दुर्बल पक्षहरूको जानकारी प्राप्त गरी उनीहरूको पढाइ सुधार्ने योजनामा
अभिभावकहरूस“ग सहकार्य, आºना कमी कमजोरीहरू हटाउनका लागि प्रधानअध्यापक स्वयम्बाट र अन्य वरिष्ट शिक्षकद्वारा शिक्षकहरूको नियमित कक्षा अवलोकनपछि पृष्ठपोषण दिने, शिक्षकहरूबाट प्रअ र वरिष्ट शिक्षकहरूको कक्षा अवलोकनपछि टिप्पणी गराउने कार्यप्रणाली अवलम्बन गरेको देखियो ।
Downloads
224
739
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University