कर्णाली प्रदेशको मध्यकालीन खसराज्य र विद्याको अवस्था Karnali Pradeshko Madhyakalin Khasrajya ra Biddhyako Awastha

Authors

  • कमला Kamala दाहाल Dahal पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत patan Samyukta Campus, TU

DOI:

https://doi.org/10.3126/tuj.v29i1.25993

Keywords:

कर्णाली प्रदेश Karnali Pradesh, शिक्षा education

Abstract

कर्णाली प्रदेशमा खस मल्लहरूले तीनसय वर्षजतिको समय शासन गर्दा सो क्षेत्रले नेपालको इतिहासमा महत्वपूर्ण स्थान हासिल गरेको थियो । त्यस युगमा उक्तक्षेत्रमा कला, वास्तुकला, भाषा साहित्य तथा धर्म संस्कृति एवं राजनीतिका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू पनि हासिल भएका थिए । भोटको पश्चिमी प्रदेश गुँगेदेखि लिएर कुमाउँ गढवालका साथै तत्कालीन काठमाडौँ उपत्यका जस्तो शक्तिशाली राज्यसँग समेत टक्कर लिएर बसेको यस राज्यले विविध क्षेत्रमा निकै उन्नति गरेको थियो । कर्णाली प्रदेशमा सो समयमा विद्याको उन्नति पनि निकै नै भएको थियो । सो क्षेत्रका शासकहरू आफै शिक्षित थिए । राजाहरूले समेत केही पुस्तकहरू तयार पारेका थिए । साथै उनीहरूका भारदार र प्रशासनिक अधिकारीहरू एवं विभिन्न कार्यमा संलग्न ब्राह्मणहरू पनि शिक्षित थिए भन्ने कुरा सो बेलाका प्रमाणहरूबाट थाहा हुन्छ । पढेलेखेका ब्राह्मणहरू ज्योतिषी कार्य, पण्डित्याइँ कार्य एवं शिक्षण कार्य समेत गर्दथे । खस मल्ल राज्यमा विद्वान्हरूको कदर हुन्थ्यो । त्यसैले टाढा–टाढादेखिका विद्वान्हरू पनि त्यहाँ जम्मा हुन्थे । प्राप्त विभिन्न श्रोतहरूका आधारमा हेर्दा वर्तमान समयमा सबैभन्दा अविकसित तथा पिछडिएको मानिएको यो क्षेत्र पूर्वमध्यकालमा निकै शक्तिशाली राज्यका रूपमा प्रसिद्ध थियो ।

Downloads

Download data is not yet available.
Abstract
197
pdf
1667

Author Biography

कमला Kamala दाहाल Dahal, पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत patan Samyukta Campus, TU

संस्कृति विषयका सहप्राध्यापक Associate Professior, Culture

Downloads

Published

2016-03-31

How to Cite

दाहाल Dahal क. K. (2016). कर्णाली प्रदेशको मध्यकालीन खसराज्य र विद्याको अवस्था Karnali Pradeshko Madhyakalin Khasrajya ra Biddhyako Awastha. Tribhuvan University Journal, 29(1), 249–258. https://doi.org/10.3126/tuj.v29i1.25993

Issue

Section

Articles