विमलकुमार सुवेदीको रोसा उपन्यास : मिथकहरूको पुनर्लेखन Bimalkumar Subediko Rosa Upanyas: Mithakharuko Punarlekhan

Authors

  • जीवनकुमार jeevankumar श्रेष्ठ Shrestha पाटन संयुक्त क्याम्पस Department of Nepali, Patan Multiple Campus

DOI:

https://doi.org/10.3126/tuj.v33i1.28697

Keywords:

पुनर्लेखन Punarlekhan, पुनर्पठन Punargathan, मिथक Mithak, उत्तरआधुनिकतावाद Uttaradhunikatavad

Abstract

विगतका रचनाकृतिहरूलाई वर्तमान समयमा पुनः लेख्नु पुनर्लेखन हो । यसमा पूर्वकृतिका पात्र र घटनाहरूलाई वर्तमान सन्दर्भसँग जोडेर नवीन किसिमले प्रस्तुत गरिन्छ । विगतमा रचना गरिएका कृतिहरू वर्तमान समयमा सान्दर्भिक नहुने भएकाले त्यसप्रति आलोचनात्मक दृष्टि प्रस्तुत गर्दै नवीनताको खोजी गर्नु यसको विशेषता भएकाले उत्तरआधुनिकतवादी लेखनले यसलाई महत्त्वपूर्ण ‘टेक्निक’का रुपमा उपयोग गरेको छ । उपन्यासकार विमलकुमार सुवेदीको ‘रोसा’ उपन्यासमा पूर्वीय परम्परामा प्रचलित मिथकहरूको पुनर्लेखन गरी पाश्चात्य जगत्मा विकसित उत्तरआधुनिकतावादी चिन्तन प्रस्तुत गरिएको छ । सत्य शाश्वत र निरपेक्ष हुँदैन, यो समयानुसार परिमार्जित हुन्छ । समग्रताको अध्ययनबाट मात्र सत्यको नजिक पुग्न सकिन्छ तर मावन जीवनको निश्चित समयले समग्रतालाई बोध गर्न नसक्ने भएकाले मानवीय ज्ञान अपूर्ण रहेको छ भन्ने उत्तरआधुनिकतवादी दृष्टिको अभिव्यक्तिका निम्ति यस उपन्यासमा सिद्धार्थ गौतमको गृहत्याग, गङ्गा नदीको पृथ्वी अवतरण र कृष्ण–अर्जुन संवादको पुनर्लेखन गरिएको छ । यसमा परम्परागत मूल्य र मान्यताको आलोचना गर्दै त्यसलाई वर्तमान सन्दर्भानुसार परिमार्जन गर्नुपर्छ भन्ने विचारका साथै सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा देखापरेका विकृत प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गर्न पनि मिथकहरूको पुनर्लेखन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
237
pdf
395

Author Biography

जीवनकुमार jeevankumar श्रेष्ठ Shrestha, पाटन संयुक्त क्याम्पस Department of Nepali, Patan Multiple Campus

 उपप्राध्यापक

Downloads

Published

2019-06-30

How to Cite

श्रेष्ठ Shrestha ज. . jeevankumar. (2019). विमलकुमार सुवेदीको रोसा उपन्यास : मिथकहरूको पुनर्लेखन Bimalkumar Subediko Rosa Upanyas: Mithakharuko Punarlekhan. Tribhuvan University Journal, 33(1), 233–250. https://doi.org/10.3126/tuj.v33i1.28697

Issue

Section

Articles