सिञ्जाली भाषाका करसम्बन्धी शब्दको घटकीय विश्लेषण Sinjali Bhashaka Karsambandhi Shabdako Ghatakiya Vishleshan

Authors

  • विदुर Bidur चालिसे Chalise पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Bahumukhi Campus, TU

Keywords:

सिञ्जाली Sinjali, अभिलक्षण Abhilakshan, आर्थी घटक Aarthi ghatak, वाच्यार्थ bacharthya, सङ्घटनात्मक अर्थ Sanghatanatmak Artha, विस्तारित अर्थ Bistarit Artha, तरङ्ग taranga

Abstract

यस लेखमा अर्थविज्ञानको घटकीय विश्लेषणसम्बन्धी सिद्धान्तका आधारमा अभिलेखीय सिञ्जाली भाषाको प्राचीन लेख्य सामग्रीहरूमा कर प्रणालीको व्यवस्थाका लागि लेखिएका अनेकौं शब्दहरूलाई आर्थी घटकीय तथ्य विश्लेषणको एकाइका रूपमा खोज गरी ती पहिचान भएका तथ्यहरूमा रहेको अर्थको आर्थी विश्लेषण गरिएको छ । वास्तवमा भाषामा अर्थका माध्यमबाट प्रयोग गरिने भाषाका घटकहरू अर्थका दृष्टिले सार्वभौम हुन्छन् र तिनैको प्रारम्भिक आर्थी सम्बन्धको जगबाट शब्द, पदावली, उपवाक्य तथा वाक्यहरूको श्रेणीगत तहमा अभिब्यक्ति हुन्छ । सामान्यतया मानिसको अन्तश्चेतनामा खास विधिमा संरचित रहेर बसेका यस्ता भाषाका घटकहरूको पहिचान विभेदक अभिलक्षणहरूका वैकल्पिक पहिचानात्मक चिन्हहरूका माध्यमबाट अर्थको निरूपण गरिएको छ । साथै शब्दस्तरका रूपमा लेखनमा देखिएका यस्ता नयाँ सूचनाहरूलाई ऐतिहासिक तथ्यसहित अति सूक्ष्म एवं सङ्क्षेपमा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
447
pdf
18

Author Biography

विदुर Bidur चालिसे Chalise, पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Bahumukhi Campus, TU

 सहप्राध्यापक Associate Professor

Downloads

Published

2019-06-30

Issue

Section

Science

How to Cite

चालिसे Chalise व. B. (2019). सिञ्जाली भाषाका करसम्बन्धी शब्दको घटकीय विश्लेषण Sinjali Bhashaka Karsambandhi Shabdako Ghatakiya Vishleshan. Tribhuvan University Journal, 33(1), 269-282. https://doi.org/10.3126/tuj.v33i1.28699