उमेरको भिन्नताले औपचारिक भाषा सिकाइमा पार्ने प्रभाव Umerko Bhinnatale Aaupacharik Bhasha Sikaima Parne Prabhav
DOI:
https://doi.org/10.3126/tuj.v33i2.33639Keywords:
बालउमेर bal umer, औपचारिक भाषा सिकाइ Aaupacharik Bhasha Sikai, प्रभाव Prabhav, प्रतिशत गणना Pratishat ganana, औसत गणना र स्तम्भचित्र Aausat Ganana ra stambhachitraAbstract
उमेरको भिन्नताले औपचारिक भाषा सिकाइमा पार्ने प्रभाव नामक प्रस्तुतलेखलाई नेपाली भाषाको औपचारिक सिकाइमा उमेरको भिन्नताले पार्ने प्रभावको खोजी गर्नुभन्ने उद्देश्यमा आधारित तुल्याइएको छ । यस लेखलाई विषय प्रवेश, विधि तथा प्रक्रिया,तथ्याङ्कहरूको विश्लेषण, उपलब्धि तथा निष्कर्ष र शैक्षणिक उपादेयता गरी पाँच शीर्षकमापूरा गरिएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौँबाट २४, ललितपुरबाट२४ र भक्तपुरबाट २४ गरी कक्षा ३, ४ र ५ का क्रमशः ८, ९ र १० वर्ष उमेरसमूहकासामुदायिक तथा संस्थागत विद्यालयका ७२ जना छात्रछात्राहरूलाई नमुना जनसङ्ख्याका रूपमालिई गरिएको यस अध्ययनबाट प्राप्त परिमाणात्मक तथ्याङ्कहरूलाई भाषाका चार शुद्ध सीप रतीन एकीकृत सीप गरी सिकाइ उपलब्धि र उमेरको प्रभाव सम्बद्ध नेपाली भाषाको औपचारिकसिकाइको सन्दर्भसँग जोडेर विश्लेषण गरिएको छ । सिकाइ उपलब्धिभित्र उमेरको प्रभावनिरूपण गर्दा एकातिर न्यूनतम २६ र अधिकतम ९६ प्रतिशतसम्म सिकाइ उपलब्धि हासिलभएको र उमेरको प्रभाव भने न्यूनतम ०.२१ र अधिकतम ४४.३१ प्रतिशतसम्म पाइएको छ ।कतै सामान्य त कतै अत्यधिक ढङ्गले परेको उमेरको प्रभावमा केही ठाउँमा विचलन पनिदेखिएको छ । थोरै अपवादलाई छोड्ने हो भने सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चार शुद्धभाषिक सीप, सुनाइ र बोलाइ, पढाइ र लेखाइ, सुनाइ र लेखाइ एकीकृत भाषिक सीप तथास्वतन्त्र लेखन र कथाकथनमा कतै धेरै त कतै थोरै उमेरको प्रभावमा नियमितता पनि पाइएकोछ । प्रभावको अवस्था धेरै वा थोरै जे जस्तो भए पनि समग्रमा ८, ९ र १० वर्ष उमेरसमूहकाकक्षा ३, ४ र ५ का मातृभाषी नेपाली विद्यार्थीहरूको सिकाइ उपलब्धिमा विविधता पाइनुकोसाथै केही अपवादबाहेक उमेर बढ्दै जाँदा ८ भन्दा ९ र ९ भन्दा १० वर्ष उमेरसमूहकाबालबालिकाहरूको भाषाका शुद्ध तथा एकीकृत सीपका क्षेत्रहरूको सिकाइ उपलब्धिमा वृद्धिदेखिएको छ ।
Downloads
142
299
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University