आन्तरिक मूल्याङ्कनको प्रभावकारितासम्बन्धी विद्यार्थी दृष्टिकोणको सेमेस्टरगत तुलना Antarik Mulyankanko Prabhkaritasambandhi Viddhyarthi Drishtikonko Semestergat Tulana

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, त्रिवि Central Department of Education, TU, Kirtipur

Keywords:

सेमेस्टर Semester, आन्तरिक मूल्याङ्कन Antarik Mulyankan, परियोजना कार्य Pariyojan karya, पृष्ठपोषण Prishtaposhan, क्रेडिट आवर Credit aawar

Abstract

सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कन प्रक्रिया विद्यार्थीको क्षमता विकासमासहयोगी भएको छ वा छैन भन्ने सम्बन्धमा विद्यार्थीको दृष्टिकोण कस्तो छ भन्ने विषयमा केन्द्रितरहेर प्रस्तुत लेख तयार पारिएको छ । शिक्षाशास्त्र, स्नातकोत्तर तह, कीर्तिपुरमा अध्ययनरत ९९जना विद्यार्थीलाई नमुनाका रूपमा लिई उनीहरूको प्रतिक्रियालाई प्रस्तुत लेखमा विश्लेषणगरिएको छ । पाँचओटै सूचकमा जम्मा विद्यार्थीमध्ये दोस्रो सत्रका ११.९१ प्रतिशत, तेस्रो सत्रका१०.१ प्रतिशत र चौथो सत्रका १०.७ प्रतिशत विद्यार्थीले उच्च तहको प्रतिक्रिया जनाएकाछन् । त्यस्तै, मध्यम तहको प्रतिक्रिया जनाउनेमा दोस्रो सत्रका १२.९२ प्रतिशत, तेस्रो सत्रका१७.७७ प्रतिशत र चौथो सत्रका १६.९६ प्रतिशत विद्यार्थी रहेका छन् । निम्न तहको प्रतिक्रियादिनेमा दोस्रो सत्रका ८.४८ प्रतिशत, तेस्रो सत्रका ५.४५ प्रतिशत र चौथो सत्रका ५.६५प्रतिशत विद्यार्थी रहेका छन् । प्रस्तुत अध्ययनमा आन्तरिक परीक्षा तथा परियोजना कार्यले ज्ञानतथा सिप विकासमा पृष्ठपोषण प्रदान गर्दै सिकाइ उपलब्धि बढाउँछ भन्ने विषयमा विद्यार्थीसकारात्मक रहेको पाइयो । व्यक्तिगत÷समूहगत कार्य एवम् परियोजना कार्य खासै प्रभावकारीबन्न नसकेको प्रतिक्रिया प्राप्त भयो । आन्तरिक मूल्याङ्कनको अङ्कले विद्यार्थीको वास्तविकक्षमतालाई प्रतिनिधित्व नगरेको प्रतिक्रिया पाइयो । आन्तरिक मूल्याङ्कनको गरिमा सैद्धान्तिकरूपमा स्वीकार्य भए पनि व्यवहारतः सार्थक परिणाममा पुग्न नसकेको निष्कर्ष यस अध्ययनबाटप्राप्त भएको छ ।

Abstract
557
pdf
0

Author Biography

राजेन्द्र Rajendra खनाल Khanal, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, त्रिवि Central Department of Education, TU, Kirtipur

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2019-12-20

How to Cite

खनाल Khanal र. R. (2019). आन्तरिक मूल्याङ्कनको प्रभावकारितासम्बन्धी विद्यार्थी दृष्टिकोणको सेमेस्टरगत तुलना Antarik Mulyankanko Prabhkaritasambandhi Viddhyarthi Drishtikonko Semestergat Tulana. Tribhuvan University Journal, 33(2), 141-154. https://doi.org/10.3126/tuj.v33i2.33641

Issue

Section

Science

How to Cite

खनाल Khanal र. R. (2019). आन्तरिक मूल्याङ्कनको प्रभावकारितासम्बन्धी विद्यार्थी दृष्टिकोणको सेमेस्टरगत तुलना Antarik Mulyankanko Prabhkaritasambandhi Viddhyarthi Drishtikonko Semestergat Tulana. Tribhuvan University Journal, 33(2), 141-154. https://doi.org/10.3126/tuj.v33i2.33641