गोठालेका कथामा लकानेली परिकल्पना Gothaleka Kathama Lakaneli Parikalpana

Authors

  • रजनी Rajani ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, त्रिवि Central Department of Nepali, TU Kirtipur

Keywords:

परिकल्पना पद्धति Paikalpana padhwati, होमलेट homlet, भ्रमपूर्ण अवस्था Bhrampurna awastha, एकत्व Ekatwa, ऐना प्रकरण Aina Prakaran

Abstract

प्रस्तुत लेखमा गोठालेका कथामा लकानेली परिकल्पना पद्धतिको प्रयोग कसरी भएकोछ र त्यसले गोठालेका कथामा कस्तो प्रभाव पारेको छ भन्ने मूल जिज्ञासाको समाधानखोजिएको छ । गोविन्दबहादुर मल्ल गोठाले मनोविश्लेषणात्मक कथा लेख्ने स्रष्टा हुन् र उनकाकथालाई मनोविश्लेषणका अन्य सन्दर्भसँगै उत्तर संरचनावादी मनोविश्लेषक ज्याक लकाँकोपरिकल्पना–पद्धतिका कोणबाट पनि अध्ययन गर्न सकिन्छ । मानिसको मनोजगत् आफ्नै मनकोचेतन र अचेतनको द्वन्द्वमा रुमलिनुको मूल कारण समाज र भाषा हो र यसै द्वन्द्वमा मान्छेलेअभाव, अस्पष्टता र अपूर्णताको अनुभव गरिरहन्छ भन्ने लकानेली मान्यतालाई आधार बनाईयस अध्ययनमा गोठालेका पाँचवटा प्रमुख कथाको विश्लेषण गरिएको छ । सम्बद्ध कथाकोसूक्ष्म पठन गर्दै पात्र र तिनका द्वन्द्वरत मनोदशाको विश्लेषणबाट पात्रमा देखिएको द्वैध चरित्रसमाजको अवस्थाका कारण निर्मित भएको हो र परिकल्पना पद्धतिको प्रयोगले चरित्रगतविशिष्टतामार्फत गोठालेका कथाहरू जीवन्त बन्न पुगेका छन् भने ती युगलाई चिनाउन सक्नेपनि भएका छन् भन्ने निष्कर्ष यस अध्ययनमा निकालिएको छ ।

Abstract
444
pdf
0

Author Biography

रजनी Rajani ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, त्रिवि Central Department of Nepali, TU Kirtipur

सहप्राध्यापक Associate Professor

Downloads

Published

2019-12-20

How to Cite

ढकाल Dhakal र. R. (2019). गोठालेका कथामा लकानेली परिकल्पना Gothaleka Kathama Lakaneli Parikalpana. Tribhuvan University Journal, 33(2), 187-202. https://doi.org/10.3126/tuj.v33i2.33646

Issue

Section

Science

How to Cite

ढकाल Dhakal र. R. (2019). गोठालेका कथामा लकानेली परिकल्पना Gothaleka Kathama Lakaneli Parikalpana. Tribhuvan University Journal, 33(2), 187-202. https://doi.org/10.3126/tuj.v33i2.33646