सुदूरपश्चिम प्रदेशका स्थानीय निकायको नामकरण Sudurpaschim Pradeshka Sthaniya Nikayako Namakaran
DOI:
https://doi.org/10.3126/tuj.v33i2.33655Keywords:
स्थाननाम Sthannam, स्थानीय निकाय Sthaniya Nikaya, गाउँपालिका Gaunpalika, नगरपालिका Nagarpalika, सामाजिक Samajik, धार्मिक Dharmik, भौगोलिक BhaugolokAbstract
सुदूरपश्चिम प्रदेशका स्थानीय निकायका नामको सङ्कलन गरी ती नामलाईधार्मिक,भौगोलिक र सामाजिक आधारमा वर्गीकरण र विश्लेषण गर्नुउद्देश्य रहेको यो शोधलेखगुणात्मक ढाँचाको रहेको छ । सुदूरपश्िचम प्रदेशका डोटी, डडेल्धुरा,अछाम, कैलाली, बझाङ,बाजुरा, बैतडी, दार्चुला र कन्चनपुर जिल्लाका सम्पूर्ण स्थानीय निकायका जम्मा ८८गाउँपालिका र नगरपालिकाका नामलाई ती निकायका वेवसाइडबाट सङ्कलन गरिएको छ ।सङ्कलित नामलाई पालिका प्रोफाइल र पालिका प्रमुख कर्मचारी र जानकार व्यक्तिलाई टेलिफोनगरी नामकरणका आधार पत्ता लगाइएको छ । उक्त स्थानीय निकायका नामलाई स्थाननामवर्गीकरणका आधारहरूमध्ये धार्मिक, भौगोलिक र सामाजिक आधारमा वर्गीकरण र विश्लेषणगरिएको छ। सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय निकायमध्ये एक उपमहानगरपालिका,३२ओटा नगरपालिका र ५५ ओटा गाउँपालिका रहेका छन् । ती स्थानीय निकायको नामकरणकाआधारहरू धार्मिक, भौगोलिक र सामाजिक रहेका छन् । यो प्रदेश धार्मिक रुपमा परापूर्वकालदेखि नै प्रसिद्धि कमाएको प्रदेश भएकाले यहाँका ८८ स्थानीय निकायमध्ये ३६ ओटा अर्थात३१.६८ प्रतिशत नाम धार्मिक आधारमा रहेका छन् भने ४४ ओटा वा ३८.७२ प्रतिशत नामभौगोलिक आधारमा रहेका छन् । डाँडाकाँडा, खोलानालाको बाहुल्यता भएकाले यहाँका सबभन्दाबढी पालिकाका नाम यसै आधारमा राखिएको पाइन्छ । सामाजिक नाम भने जम्मा १३ ओटावा ११.४४ प्रतिशत मात्र रहेका छन् । सामाजिक रूपमा महापुरूषको कमी र जाति वर्ण र गोत्रजस्ता कुराको स्थानीय निकायका नाममा प्रभाव परेको देखिएन ।
Downloads
121
401
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University