वैदिक सामाजिक संरचना र लैङ्गिकताको सवाल Vaidik Samajik Samrachana ra Laingikatako Sawal
DOI:
https://doi.org/10.3126/tuj.v35i1.35881Keywords:
आर्य, aarya, पुरुषत्व purushtwa, नारीत्व naritwa, दाम्पत्य dampatya, पितृसत्ता pitrisattaAbstract
वैदिक सामाजिक संरचनालाई प्राचीन ग्रन्थ वेदले प्रतिनिधित्व गर्ने कालखण्डकोपरावर्तित स्वरूपको रूपमा बुझिन्छ । यस आलेखको उद्देश्य त्यही प्राचीन ग्रन्थ वेदले प्रतिनिधित्वगर्ने कालखण्डको सामाजिक संरचनाभित्र पुरुषत्व तथा नारीत्व र दाम्पत्य सम्बन्धकोे विश्लेषणगर्दै लैङ्गिकता निर्माणका तथ्यहरूसँग सैदान्तिक बहसमा केन्द्रित सैद्धान्तिक मान्यताहरूकोसादृश्यता खोज्ने रहेको छ । उल्लिखित उद्देश्य प्राप्तिको लागि वेद, वेदको ऐतिहासिकता,ऐतिहासिक सन्दर्भहरू, विभिन्न लैङ्गिक अध्ययनहरूलाई सूचनाको स्रोतको रूपमा लिइएको छ ।यस अध्ययनमा मुख्य गरी द्वितीय स्रोतमा आधारित तथ्यहरूको बढी प्रयोग गरिएको छ ।संकलित तथ्यहरूलाई विश्लेषणका लागि ऐतिहासिक अन्तर्वस्तु विश्लेषण विधिलाई प्रयोगमाल्याइएको छ । वेदकालीन सामाजिक संरचना पशुपालन र पितृसत्तात्मक स्वरूपको भएकालेवेदकालीन परिवार एवम् राज्यमा पुरुष वंश र नेतृत्व स्थापित भएको पाइयो । उत्पादन तथाश्रममूलक कार्य अन्तर्गत घरायसी कार्यमा महिलाको र बाह्य काममा पुरुषको संलग्नता बढी रहने गरेको देखिए पनि यज्ञ, संस्कार, युद्ध एवम् राजनीतिक कार्यमा महिला पुरुष दुवैको सहभागिता रहेको देखिएको छ । साधन स्रोतको विस्तार र राज्य व्यवस्थाको निर्माणसँगैनेतृत्वमा स्थापित भएको राजन्य एवं पुरोहितवर्गले वैदिक आर्यहरूको प्रजातीय शुद्धता कायमराख्ने हेतुले निर्माण गरेका विभिन्न संस्कारजन्य विधि विधानहरूप्रतिको विश्वास र अभ्यासबाटवेदकालीन समाजमा एकीकृत भूमिका, निष्ठा र मर्यादा सहितको दाम्पत्य सम्बन्धको विकासगराएको देखिन्छ ।
Downloads
145
179
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University