समसामयिक नेपाली कवितामा सीमान्तीयको सशक्तीकरण {Empowerment of the frontier in contemporary Nepali poetry}

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Education, TU Kirtipur

DOI:

https://doi.org/10.3126/tuj.v36i01.43630

Keywords:

livelihood, untouchable, labor exploitation, Marginal empowerment, जीविकोपार्जन, श्रमशोषण, अछुत, सशक्तीकरण, सीमान्तीय

Abstract

यस लेखको मुख्य उद्देश्य सीमान्तीयको अग्रभूमीकरण गरिएका समसामयिक नेपाली
कविताको विश्लेषण गर्नु रहेको छ । यस लेखमा समसामयिक समयका प्रतिनिधि कवितासङ्ग्रहका
कवितामा विषयवस्तु तथा वैचारिक पक्षसहित सीमान्तीय समुदाय तथा वर्गलाई प्राधान्य दिएका
कविता निक्र्योल गरी उदाहरणसहित विश्लेषण गरिएको छ । यो लेख वर्णनात्मक विधिमा
आधारित छ । प्रस्तुत लेखलाई आगमनात्मक विश्लेषण प्रक्रियाको उपयोग गरी सन्दर्भपरक
उदाहरणबाट तथ्यपरक बनाइएको छ । यस लेखमा पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य
सङ्कलन गरिएको छ । यस अध्ययनमा सीमान्तीय पक्षमा केन्द्रित रही तिनको सशक्तीकरण
गरिएका उत्तरवर्ती समयका कविता प्राथमिक स्रोतीय सामग्री बनेका छन् । यस अध्ययनबाट
नेपाली समाजले परम्परादेखि नै मूलतः जातीय तथा लैङ्गिक आधारमा विभेद गरी सामाजिक,
सांस्कृतिक, धार्मिक, राजनीतिक, आर्थिक आदि क्षेत्रमा विभेद गर्दै पहुँचमा पुग्न नदिई सीमान्तीय
बनाइएको विषय एवम् विचार उत्तरवर्ती नेपाली कवितामा अभिव्यक्त भएको पाइएको छ ।
प्रस्तुत अध्ययनबाट उत्तरवर्ती नेपाली कवितामा सीमान्तीयको अवस्था उद्घाटन गर्दै त्यस्ता
समुदायलाई मूल धारमा ल्याउन सक्नुपर्ने, विवेकसम्मत तवरबाट सहभाव व्यक्त गर्नुपर्ने र सबै
क्षेत्रमा प्राधान्य दिनुपर्ने विचारसहित सीमान्तीय वर्ग तथा समुदायको अग्रभूमीकरण गरिएको
निष्कर्ष प्राप्त भएको छ । { The main purpose of this article is contemporary Nepalis who have been foremost in the frontier Poetry is to be analyzed. This article or section needs sources or references that appear in credible, third-party publications In the poem, priority has been given to the marginalized communities and classes including the thematic and ideological aspects The poem has been analyzed with examples. This article describes the methods based. This article or section needs sources or references that appear in credible, third-party publications Made factual from the example. In this article, facts have been collected from the library study process. In this study, focusing on the marginal side, his empowered poems of later times have become the primary source material. From this study, it has been found that Nepali society has traditionally discriminated on the basis of ethnicity and gender and has been marginalized in the social, cultural, religious, political, economic and other spheres without access to it. From the present study, it has been concluded that the marginalized class and community has been brought to the forefront by inaugurating the status of marginalized in the later Nepali poetry.}

Downloads

Download data is not yet available.
Abstract
118
PDF
147

Author Biography

राजेन्द्र Rajendra खनाल Khanal, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Education, TU Kirtipur

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

खनाल Khanal र. R. (2021). समसामयिक नेपाली कवितामा सीमान्तीयको सशक्तीकरण {Empowerment of the frontier in contemporary Nepali poetry}. Tribhuvan University Journal, 36(01), 225–243. https://doi.org/10.3126/tuj.v36i01.43630

Issue

Section

Articles