मोटेल अमेरिका उपन्यासमा आप्रवासी चेतना {Immigrant consciousness in the novel Motel America}
DOI:
https://doi.org/10.3126/tuj.v37i1.48300Keywords:
संस्कृति भञ्जन, ऐकान्तिकता, सीमान्तीकृत, इच्छित भूमि, आप्रवासीAbstract
मोटेल अमेरिका राजवद्वारा रचिएको आप्रवासी चेतना भएको उपन्यास हो । प्रस्तुत उपन्यासमा आप्रवासी अर्थात् डायस्पोराका के कस्ता प्रवृत्तिहरू रहेका छन् भन्ने मूल प्राज्ञिक समस्यामा केन्द्रित रही त्यसका मुख्य प्रवृत्तिहरूको निरूपण गर्ने काम यस लेखमा गरिएको छ । विदेशी भूमिमा बसेर नेपालको थातथलो, नेपाली संस्कृति, भाषा, जीवनपद्धति आदिको नोस्टाल्जियामा रचेका उपन्यासमा आप्रवासी चेतना हुने र यस्ता साहित्यमा जन्मभूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तीकृत हुनुको पीडा, परदेशीय हुनुको रोमाञ्च र चिन्ता, अस्तित्वबोधका लागि एक सूत्रताको खोजी, अतीत मोह, ऐकान्तिकताको चिन्तन तथा संस्कृति भञ्जनको पीडा जस्ता विशेषता आप्रवासी वा डायस्पोरिक साहित्यमा पाइन्छन् । प्रस्तुत उपन्यासमा अमेरिकामा रहेका नेपालीहरूले भोग्नुपरेका दुःख, पीडा, अन्योल, एक्लोपनर अनिश्चितताको अभिव्यक्ति भएको छ । अमेरिकी भूमिमा भोगेका सङ्घर्ष र पीडाका अनुभूतिहरू र परिवार, इष्टमित्र, छिमेकी, साथी–सङ्गीसँग आत्मीय सम्बन्धहरूको विशाल तरङ्ग नै यस उपन्यासको विषयवस्तु बनेर आएको कुराको विश्लेषण गरिएको छ । तसर्थ यस लेखमा मोटेल अमेरिका उपन्यासलाई यिनै विविध आधारमा विश्लेषण गरी आप्रवासी चेतनाकादृष्टिले सफल रहेको उपन्यासका रूपमा निष्कर्ष दिइएको छ ।
Downloads
42
43
Downloads
Published
How to Cite
Issue
Section
License
© Center for Research, Tribhuvan University