इतर कविता मा जनजातीय संस्कृति

Authors

  • ज्ञानु Gyanu अधिकारी Adhikari पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि, काठमाडौं Padmakanya Multiple Campus

Keywords:

आदिवासी, आयातीत संस्कृति, जातीय पहिचान, मानवशास्त्र, मूलधार, Aadivashi, Aayatit sanskriti, jatiya pahichan

Abstract

प्रस्तुत लेखमा पराजित पोमुद्वारा सम्पादित ‘इतर कविता’ कृतिमा समाविष्ट कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त जनजातीय संस्कृतिका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविताका वैचारिकताको निरूपण गरिएको छ । ‘इतर कविता’ कृतिभित्र समावेश भएका नेपाली साहित्यका जनजाति समुदायका तीनसयभन्दा बढी समकालीन कविहरूका कविताहरूमध्ये जनजातीय संस्कृतिसँग सम्बद्ध कविताहरूको चयन गरी ती कवितामा अभिव्यक्त जनजातीय संस्कृतिका विविध पक्षहरूको विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा चयनित कविता–विश्लेषणका लागि जनजातीय संस्कृतिका आधारभूत मान्यताहरूलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसका निम्ति जनजातीय संस्कृतिअन्तर्गत परम्परागत संस्कृति, निर्मित संस्कृति र आयातीत तथा मिश्रित संस्कृति आदि सन्दर्भलाई सैद्धान्तिक तथा आवश्यकताअनुसार अवधारणात्मक ढाँचाका रूपमा उपयोग गरी अध्ययन सम्पन्न गरिएको छ र ‘इतर कविता’ कृतिका कवितामा जनजातीय संस्कृतिसँगै मिसिएर जनजातीय पहिचान र अस्तित्वका पक्ष पनि समानान्तर रूपमा आएको र जनजातीय संस्कृतिको प्रयोग र जनजातीय पहिचान नै ‘इतर कविता’ को मूल विषय भएको र पहिचानको खोजी नै यस कृतिभित्रका कविताको मूल उद्देश्य हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।

Abstract
326
PDF
0

Downloads

Published

2023-12-20

How to Cite

अधिकारी Adhikari ज. G. (2023). इतर कविता मा जनजातीय संस्कृति . Tribhuvan University Journal, 38(2), 206-219. https://doi.org/10.3126/tuj.v38i2.60785

Issue

Section

Science

How to Cite

अधिकारी Adhikari ज. G. (2023). इतर कविता मा जनजातीय संस्कृति . Tribhuvan University Journal, 38(2), 206-219. https://doi.org/10.3126/tuj.v38i2.60785