कर्णाली प्रदेशमा बोलिने नेपालीका भाषिकामा बोधगम्यता {Comprehension in the Language of Nepali Spoken in Karnali Province}

Authors

  • यज्ञेश्वर Yageshwor निरौला Niraula रत्न राज्यलक्ष्मी क्याम्पस, त्रिवि, काठमाडौँ

Keywords:

आरटीटी, घरगाउँले परीक्षण, भाषिका क्षेत्र

Abstract

भाषाका सामाजिक, भौगोलिक, ऐतिहासिक, व्यक्तिभेद, प्रयोजनपरक लगायतका विभिन्न भेदहरू मध्ये भौगोलिक भेदका निम्ति भाषिका शब्द प्रयोग गर्ने गरिन्छ । कर्णाली प्रदेशको सिन्जा उपत्यकालाई नेपाली भाषाको उद्‍गमस्थल मानिएको छ र पन्ध्रौँ शताब्दीदेखि यस भाषाका भाषिकाहरू विकसित भएका हुन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम यस प्रदेशका भाषिक क्षेत्र मध्ये राष्ट्रिय जनगणना २०६८ को नतिजाका आधारमा केही अध्ययनकर्ताहरूले जुम्ला, मुगु तथा हुम्लाका नेपाली भाषाका वक्ताको बोलीलाई नेपाली भाषाको भौगोलिक भाषिका नभई जुम्ली खस भाषा हो भनी उल्लेख गर्ने गरेका छन् । २०७८ को जनगणनाको नतिजामा उक्त क्षेत्रमा खस भाषाका वक्ता बसोबास गरेको उल्लेख छ । भाषिका मापनको महत्वपूर्ण आधार पारस्परिक बोधगम्यता हो ।यस शोधलेखमा क्षेत्रीय पद्धतिद्वारा सामग्री सङ्कलन गरी उक्त विभिन्न भाषिक क्षेत्रको बोली भिन्नाभिन्नै भाषा हुन् कि एउटै भाषाका भौगोलिक भेद हुन् भन्ने शोध समस्यामा केन्द्रित रही रेकर्ड गरिएको पाठ परीक्षण (आरटीटी) का आधारमा बोधगम्यता परीक्षण गरिएको छ र प्राप्त तथ्य विश्लेषणबाट जुम्ला, हुम्ला, कालीकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोटमा बसोबास गर्ने भारोपेली आर्य परिवारका वक्ताले प्रयोग गर्ने बोली नेपाली भाषाकै भाषिका हुन् भन्ने निष्कर्ष आएको छ ।

Abstract
367
PDF
0

Downloads

Published

2024-06-20

How to Cite

निरौला Niraula य. Y. (2024). कर्णाली प्रदेशमा बोलिने नेपालीका भाषिकामा बोधगम्यता {Comprehension in the Language of Nepali Spoken in Karnali Province}. Tribhuvan University Journal, 39(1), 175-187. https://doi.org/10.3126/tuj.v39i1.66755

Issue

Section

Science

How to Cite

निरौला Niraula य. Y. (2024). कर्णाली प्रदेशमा बोलिने नेपालीका भाषिकामा बोधगम्यता {Comprehension in the Language of Nepali Spoken in Karnali Province}. Tribhuvan University Journal, 39(1), 175-187. https://doi.org/10.3126/tuj.v39i1.66755