विद्यालय तहमा निबन्ध शिक्षणका विधि र प्रक्रियाको उपयोग

Authors

  • नारायणप्रसाद Narayan Prasad पन्थ Pantha बुटवल बहुमुखी क्याम्पस, त्रिवि, बुटवल

Keywords:

कथनपद्धति, दृष्टिविन्दु, निजात्मकता, पठनबोध, भाषाशिक्षण, शिक्षण विधि

Abstract

प्रस्तुत लेखको उद्देश्य निबन्ध शिक्षणका विधि र  प्रक्रिया  उपयोगको पहिचान तथा विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा रुपन्देही जिल्लाका पाँचओटा विद्यालयमा नेपाली अध्यापन गर्ने दसजना शिक्षक छनोट गरी अर्धसंरचनात्मक प्रश्नावलीका आधारमा तथ्य सङ्कलन गरिएको छ । यस लेखमा द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यहरूको विश्लेषण गरिएको छ । शिक्षकका धारणा अनुसार निबन्धलाई भाषाशिक्षण सिकाइसँग जोड्नुपर्दछ । विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष रूपमा निबन्धका पाठ्यवस्तु छनोट र स्तरण गर्नुपर्ने देखिन्छ । निबन्ध शिक्षणबाट शब्दभण्डारमा वृद्धि, मौलिक तथा सिर्जनात्मक अभिव्यक्ति, पठनबोध क्षमता, शब्द प्रयोगगत विशिष्टता, विचारको प्रस्तुतीकरण,सङ्गठन, वाक्यगठन तथा अनुच्छेद गठनगत सिपको विकास गराउन सकिने भएकाले शिक्षणका क्रममा व्याख्या, छलफल, प्रश्नोत्तर, तुलना, समीक्षा, प्रतिवेदन प्रस्तुति, परियोजना, पठनबोधतथा कक्षा प्रस्तुतीकरण विधिको उपयोग गर्दै कक्षाको परिस्थिति, निबन्धको गहनता तथा विद्यार्थीका कक्षागत स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधिहरू अँगालिएको निचोड निकालिएको छ । यो अध्ययन यस क्षेत्रमा रही अन्वेषण गर्न चाहने विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ता लगायतलाई सैद्धान्तिक अवधारणा ग्रहण गर्न र त्यसको उपयोग गरी प्रयोगपरक विश्लेषण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Abstract
188
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

पन्थ Pantha न. N. P. (2024). विद्यालय तहमा निबन्ध शिक्षणका विधि र प्रक्रियाको उपयोग. Tribhuvan University Journal, 39(2), 287-298. https://doi.org/10.3126/tuj.v39i2.73017

Issue

Section

Science

How to Cite

पन्थ Pantha न. N. P. (2024). विद्यालय तहमा निबन्ध शिक्षणका विधि र प्रक्रियाको उपयोग. Tribhuvan University Journal, 39(2), 287-298. https://doi.org/10.3126/tuj.v39i2.73017