एउटा महानगरमा कथामा परिचयसङ्कट
DOI:
https://doi.org/10.3126/tuj.v40i1.80126Keywords:
अस्तित्वको सङ्कट, आत्मसन्देह, द्वैध चेतना, भूमिकाको विस्तार, भूमिकामा दुविधाAbstract
प्रस्तुत लेखमा कथाकार मीरा प्रधान रेमको ‘एउटा महानगरमा’ कथालाई कलात्मक पाठकारूपमा लिई त्यसमा परिचयसङ्कटका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेरउक्त कथाको मूल्य निरूपण गरिएको छ । ‘एउटा महानगरमा’ कथामा परिचयसङ्कट कुनकुन पात्रमार्फत कसरी अभिव्यञ्जित भएको छ भन्ने समस्यामा केन्द्रित रहेकाले देशको भूगोल, संस्कृति, परम्परा र मूल्यमान्यताहरूको अन्तर्सम्बन्धबाट उक्त कथाका पात्रहरूका जीवनचिन्तनमा देखिने भिन्नताको कारण र परिणति मूल्याङ्कन गर्नु यस लेखको उद्देश्यहो । यसमा परिचयसङ्कटको विश्लेषणका निम्ति मूल रूपमा मनोवैज्ञानिक इरिक्सन (सन्१९८२), उत्तरऔपनिवेशक चिन्तक सइद (सन् १९९३) र आप्रवासीको पहिचान र प्रतिनिधित्वका अध्येता हल (सन् १९९८) ले स्थापना गरेका परिचयसङ्कटका आधारभूत मान्यतालाईसैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषणविधि अवलम्बन गरिएको छ । यसमा पात्रहरूको भूमिकाको विस्तार, भूमिकामा दुविधा रआत्मसन्देहको परिस्थिति सिर्जना गर्ने कारकहरूको पहिचान, सङ्कटको सामना र त्यसलेउत्पन्न गर्ने सकारात्मक–नकारात्मक निर्णयको मूल्याङ्कन भएको छ । ‘एउटा महानगरमा’कथामा जर्मनीमा वसोवास गर्ने नेपाली ‘म’पात्रमा भूगोल र सांस्कृतिक भिन्नताका कारण प्रेम एवम् विवाहबारे सही निर्णय गर्न नसकी आफ्नो परिचयप्रति नै शङ्का हुने अवस्था आएको तर जर्मनेली केटीमा चाहिँ प्रेममा पुँजीवादी मूल्यको उपयोगितावादी प्रवृत्तिका कारण आत्मसन्देहको अवस्था सिर्जना भई परिचयसङ्कटको अभिव्यक्ति कलात्मक रूपमा आएको छ भन्ने निष्कष नकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University