स्नातक तहमा समाविष्ट कथामा पात्र प्रयोग

Authors

  • Keshab Bhusal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, काठमाडौँ
  • Mindu Thapa शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/tuj.v40i1.80127

Keywords:

स्नातक तह, स्नातक नेपाली, पात्र विश्लेषणका आधार

Abstract

प्रस्तुत लेख स्नातक तहमा समाविष्ट कथाहरूमा प्रयोग गरिएका पात्रहरूको अध्ययनमा आधारित रहेको छ । स्नातक तहमा समाविष्ट कथाका पात्रको अध्ययन गर्नु, निर्दिष्ट कथाकापात्रको भूमिका विश्लेषण गर्नु, कथामा प्रयुक्त पात्र सम्बन्धमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिकोण प्रस्तुत गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्य तथा सर्वेक्षण विधिका माध्यमबाट आवश्यक सामग्रीहरू सङ्कलन गरिएको छ । यस क्रममा कथासम्बद्ध सद्धान्तिक सामग्रीहरूको अध्ययन–विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा कथा सिद्धान्तका बारेमा चर्चा गरिएका सैद्धान्तिक सामग्रीहरूलाई मुख्य सामग्रीका रूपमा उपयोग गरिएको छ भने विद्यार्थीबाट प्राप्त तथ्यलाई प्राथमिक स्रोतीय सामग्रीका रूपमा उपयोग गरिएको छ । यस अध्ययनका आधारमा स्नातक तहका कथाहरूमा लैङ्गिक दृष्टिले पुलिङ्ग र स्त्रीलिङ्ग पात्रहरू, कार्यका दृष्टिले मुख्य, सहायक र गौण पात्रहरू, प्रवृत्तिका दृष्टिले अनुकूल र प्रतिकूलपात्रहरु, स्वभावका दृष्टिले गतिहीन र गतिशील पात्रहरू, जीवन चेतनाका दृष्टिले व्यक्तिगत र वर्गगत पात्रहरु, आसन्नताका दृष्टिले नेपथ्य र मञ्चीय पात्रहरु तथा आबद्धताका दृष्टिलेबद्ध र मुक्त पात्रहरू प्रयोग गरिएको निचोड निकालिएको छ । साथै यस सम्बन्धमा स्नातकतहमा अध्ययनरत विद्यार्थीहरूमा अपेक्षाकृत जानकारी नरहेको निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनले स्नातक तहमा समावेश गरिएका निर्दिष्ट कथाका रचनाकार, अध्यापनरत शिक्षक, अध्ययनरत विद्यार्थीका अलावा यस क्षेत्रमा अध्ययन गर्न चाहने जोकोहीलाई पनि आवश्यकीय ज्ञान प्राप्त गर्न सघाउ पुयाउने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
116
PDF
82

Downloads

Published

2025-07-01

How to Cite

Bhusal, K., & Thapa, M. (2025). स्नातक तहमा समाविष्ट कथामा पात्र प्रयोग. Tribhuvan University Journal, 40(1), 250–273. https://doi.org/10.3126/tuj.v40i1.80127

Issue

Section

Articles