स्नातकोत्तर तहका विद्यार्थीको पठन बानी तथा पठनप्रतिको अभिवृत्ति
DOI:
https://doi.org/10.3126/tuj.v40i2.88139Keywords:
पठन बानी, पठन सक्षमता, पढाइका बाधा, पठनप्रतिको अभिवृत्ति, बृहत्तर पठनAbstract
पढाइ प्रारम्भिक कक्षादेखि उच्च तहसम्मको ज्ञान आर्जन, समालोचनात्मक चिन्तनक्षमता, सिकाइ उपलब्धिका साथै समग्र व्यक्तित्व विकासको महत्वपूर्ण आधार हो । प्रस्तुत लेख स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीको पठन बानी र पठन अभिवृत्तिको अध्ययनसँग सम्बन्धित छ । यस तहका विद्यार्थीको पठन बानी तथा रुचि, पढाइ तथा डिजिटल पढाइप्रतिको रुचि पहिचान गर्नु यस अनुसन्धानको मुख्य उद्देश्य हो । परिमाणात्मक अनुसन्धान ढाँचामा आधारित यस अनुसन्धानमा सर्वेक्षण विधिलाई उपयोग गरिएको छ । सर्वेक्षण प्रश्नावलीलाई तथ्याङ्क सङ्कलनका साधन बनाइएको छ । निर्दिष्ट विद्यार्थीबाट प्राप्त प्रतिक्रिया तथ्याङ्कशास्त्रीय विश्लेषण गरिएको यस लेखमा प्रस्तुतीकरणमा तालिकीकरण र स्तम्भचित्रको समेत प्रयोग गरिएको छ । यस अनुसन्धानबाट विद्यार्थीको पठन बानी र रुचि मध्यम खालको रहेको, धेरै विद्यार्थीले समीक्षा पढेर पुस्तक छनोट गर्ने गरेको, पढाइबाट मूलतः ज्ञान आर्जनका साथै व्यक्तित्व विकासमा टेवा पुर्याएको देखिन्छ । सामाजिक सञ्जालको अनावश्यक प्रयोग र पढ्ने बानीको अभावले पठन क्षमताको पर्याप्त विकास हुन सकेको छैन । त्यस्तै एकातिर पुस्तकालयमा पर्याप्त पुस्तकको अभाव तथा समसामयिक सामग्रीको अनुपलब्धता देखिन्छ भने अर्कातिर पुस्तकालय गएर नियमित पढ्ने विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । पठन प्रक्रियामा डिजिटल पुस्तकका तुलनामा छापा पुस्तक धेरै सहभागीको रोजाइमा परेका छन् । पठनप्रतिको अभिवृत्ति सकारात्मक भए पनि अभ्यासको कमीका कारण अपेक्षाकृत सक्षमता विकास नभएको निष्कर्ष प्राप्त भएको छ । विद्यमान अवस्था सुधार गर्न पढाइको बहुआयामिक फाइदाका बारेमा लक्षित वर्गमा सचेतता वृद्धि गरी पढाइलाई अभियान र कार्यक्रमका रूपमा नियमित रूपमा सञ्चालन गरी पढाइको अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको छ । यसबाट पठन बानीमा सुधार र पठनअवधि वृद्धि भई पठन सक्षमता, आलोचनात्मक क्षमता, सिकाइ उपलब्धिका साथै पेसागत र व्यक्तित्व विकासमा समेत योगदान पुग्न सक्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University