डडेल्धुरेली भाषामा लिङ्ग व्यवस्था

Authors

  • Mohan Prasad Bhatta शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, काठमाडौं

Keywords:

पदसङ्गति लिङ्ग, मानवीय, मानवेतर, अजन्तुवाचक

Abstract

प्रस्तुत लेख डडेल्धुरेली भाषामा रहेको लिङ्ग व्यवस्थाको अध्ययनमा आधारित रहेको छ । यस लेखमा गुणात्मक अनुसन्धानका आधारमा स्थलगत अवस्था अध्ययन विधिको प्रयोग गरिएको छ । डडेल्धुरेली भाषाको अध्ययन गर्दा मानवीय सामान्यार्थी पुलिङ्ग, मानवीय सामान्यार्थी स्त्रीलिङ्ग, मानवीय आदरार्थी मध्यम पुलिङ्ग, मानवीय आदरार्थी मध्यम स्त्रीलिङ्ग, मानवीय आदरार्थी उच्च पुलिङ्ग, मानवेतर जन्तुवाचक स्थूल पुलिङ्ग, मानवेतर जन्तुवाचक स्थूल स्त्रीलिङ्ग, मानवेतर जन्तुवाचक सूक्ष्म पुलिङ्ग, मानवेतर अजन्तुवाचक सङ्ख्येय पुलिङ्ग, मानवेतर अजन्तुवाचक सङ्ख्येय स्त्रीलिङ्ग, मानवेतर अजन्तुवाचक असङ्ख्येय पुलिङ्ग, मानवेतर अजन्तुवाचक असङ्ख्येय पुलिङ्ग गरी जम्मा बाह्र प्रकारको लिङ्ग व्यवस्था रहेको पाइन्छ । कतिपय शब्दहरू देख्दा इकारान्त देखिन्छन् तर ती इस्त्रीलिङ्गी नभएर पुलिङ्गी  हुन्छन् । (जस्तैः अखजि रूख पड्यो) त्यसैले शब्दको रूप फरक देख्दैमा लिङ्गभेद गर्न सकिँदैन । रूपका आधारमा डडेल्धुरेली भाषामा लिङ्गभेद देखिँदैन । अर्थका आधारमा भाले हुँदैमा पुलिङ्ग र पोथी हुँदैमा स्त्रीलिङ्ग हुँदैन । जस्तै: डडेल्धुरेली भाषामा इजा शब्द उच्च आदरार्थीमा पुलिङ्ग हुन्छ । प्रायः अहिलेसम्म हाम्रो परम्पराले लिङ्गभेद भनेर भाले र पोथीलाई मात्रै मान्दै आएको छ । लिङ्गभेद भन्ने कुरा सजीव र निर्जीव या मानवीय र मानवेतर सजीव भए भाले पोथी छट्ट्याउने निर्जीव भए सबै नपुंसक हो भन्ने अहिलेसम्मको आम धारणा रहिआएको छ । तर डडेल्धुरेली भाषाको लिङ्ग व्यवस्था हेर्ने हो भने भाले हुँदैमा पुलिङ्गी र पोथी हुँदैमा स्त्रीलिङ्गी हुनेगरेको पाइँदैन । त्यसै गरी अजन्तुवाचक हुने वित्तिकै सबै नपुंसक पनि हुँदैनन् । डडेल्धुरेली भाषाको लिङ्गको अध्ययन गर्दा त्यो कुरा गलत देखिएको छ ।

Abstract
79
PDF (Nepali)
0

Downloads

Published

2025-12-31

How to Cite

डडेल्धुरेली भाषामा लिङ्ग व्यवस्था. (2025). Tribhuvan University Journal, 40(2), 239-253. https://doi.org/10.3126/tuj.v40i2.88296

Issue

Section

Science

How to Cite

डडेल्धुरेली भाषामा लिङ्ग व्यवस्था. (2025). Tribhuvan University Journal, 40(2), 239-253. https://doi.org/10.3126/tuj.v40i2.88296