जनरल विजयशमशेर राणााकाे डायरीले उजागर गरेकाे नयाँ तथ्यहरू

Authors

  • बिनाेद थापा

DOI:

https://doi.org/10.3126/voh.v31i1.53794

Abstract

नेपालमा राणा शासनको शुरुवातसँगै राणा शासन अन्त्य गर्नका लागि राणा विरोधी गतिविधिहरू संचालनमा आएको पाइन्छ । त्यसका लागि एकातर्फ सर्वसाधारण जनताहरू लागिपरेको देखिन्छ भने अर्कातर्फ राजपरिवारकै सदस्यहरू पनि अघि बढेको देखिन्छ । राणा शासकहरूले राजपरिवारप्रति गरेको नराम्रो व्यवहारका कारण पनि राजपरिवारका सदस्यहरू राणा शासन अन्त्य गर्न जनतासँग मिलेको देखिन्छ । राणा शासन अन्त्य गर्न खोलिएका विभिन्न संगठनहरूमध्ये प्रजापरिषद पनि एक थियो । तर उद्देश्यमा पुग्न नपाई यसका सदस्यहरू पक्राउ परेकाले यसको योजना सफल हुन सकेन । यसै प्रसंगमा राणा शासकहरूले राजा त्रिभुवनसँग गरेको व्यवहार तथा प्रजापरिषदले प्रधानमन्त्री जुद्धशमशेरका विरुद्ध ‘क्लोरोफर्म’ सम्म गर्ने योजना बनाएको र जुद्ध शमशेरले पनि राजा त्रिभुवनलाई हटाई युवराज महेन्द्रलाई राजा बनाउने र अरू दुई राजकुमारहरूलाई धपाउने योजना बनाएको कुराको रहस्योद्घाटन जनरल विजय शमशेरले लेखेको डायरीले गरेको छ । तिनै विषयवस्तुलाई डायरीमा लेखिएको कुराहरूबाट उजागर गर्ने उद्देश्यले यो लेख तयार पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
50

Downloads

Published

2023-04-20

How to Cite

थापा ब. (2023). जनरल विजयशमशेर राणााकाे डायरीले उजागर गरेकाे नयाँ तथ्यहरू. Voice of History, 31(1), 50–58. https://doi.org/10.3126/voh.v31i1.53794

Issue

Section

Articles