लाहुरेलाई दिइने पतिया सम्बन्धी एक पुर्जी

Authors

  • तिलु थापा

Abstract

नेपाल र इष्ट इण्डिया कम्पनी बीच भएको युद्धमा गोर्खाली सेनाहरुले देखाएको विरता र बहादुरीबाट प्रभावित अंग्रेजले उनीहरुलाई भारत स्थित ब्रिटिश सेनामा भर्ती गर्न थाले । नेपाल सरकारबाट भने आफ्ना जवानहरुलाई विदेशी पल्टनमा भर्ती हुन जाने अनुमति थिएन । राणा शासनको उदय पश्चात राणा प्रधान मन्त्रीहरुले अंग्रेजसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै लगे । जसको परिणाम चन्द्र शमशेरले प्रथम विश्वयुद्धको समयमा अंग्रेजको सहयोगबाट गोरखाली सैन्य जवानहरुलाई मात्र हैन नेपाल अधिराज्य भरिका यूवकहरुलाई भारतस्थित ब्रिटिश सेनामा भर्ती भएर युद्धको लागि समुद्र पार म्लेच्छ मुलुकमा जान सक्ने पनि अनुमति दिए । युद्ध भूमिबाट फर्केपछि भने उनीहरुलाई पतिया गरी शुद्ध हुन निजकै नाममा धर्माधिकारबाट पतिया पुर्जी दिने व्यवस्था गरे । यिनै विषयहरुलाई प्रस्तुत लेखमा मौलिक स्रोत र द्वितीय स्रोतको प्रयोग गरिप्रकाश पार्ने प्रयास गरिएको छ । मुलतः यो गुणात्मक अध्ययन हो ।
राणाकालीन समाजमा विद्यमान भातपानी, छुवाछुत र पतिया वा प्रायश्चित परम्परा आदि विषयमा चर्चा गरिएको प्रस्तुत लेखमा तत्कालीन समाजको चित्रण गरिएको छ ।

Abstract
218
PDF
0

Downloads

Published

2023-04-20

How to Cite

लाहुरेलाई दिइने पतिया सम्बन्धी एक पुर्जी. (2023). Voice of History, 31(1), 59-67. https://doi.org/10.3126/voh.v31i1.53796

Issue

Section

Articles

How to Cite

लाहुरेलाई दिइने पतिया सम्बन्धी एक पुर्जी. (2023). Voice of History, 31(1), 59-67. https://doi.org/10.3126/voh.v31i1.53796