नेपालको तराईका खवास जातिको सामाजिक – सांस्कृतिक अवस्था

Authors

  • माेहन लाल माझी

DOI:

https://doi.org/10.3126/voh.v31i1.53798

Abstract

नेपालको प्राचीन समयमा आदिवासी जनजातिहरू मध्येको खवास जाति हो । यो जातिको आदि उत्पति पर्वतमा नै थियो । खवास अनुभूति अनुसार निजहरु प्रारम्भ क्षत्रीय नै थियो । यो जाति नेपाली हो । यस जातिको आफ्नै मातृभाषा रहेको छ । यो जाति नेपालको तराई भागमा समतल भूमिमा अन्य तराई जनजाति सरह निकै लामो समय देखि बसोवास गर्दै आएको पाइन्छ । यस जातिलाई तराईवासी पिछिडिएको जाति भनिन्छ । यस जातिको सामाजिक र सांस्कृतिक अवस्थाकोे राष्ट्रिय स्तरमा परिचय गराउन र त्यस विषयमा विविध पक्ष उल्लेख गरिएकाे छ ।
अध्ययन तथा खोज गर्ने क्रममा प्राथमिक स्रोत (primary source) तथा द्वितीय स्रोत (secondary source), दुवै स्रोतहरूको प्रयोग गरिएको भए तापनि मुलतः प्राथमिक स्रोत (primary source) बाट अध्ययन गरिएको छ । प्राथमिक तथ्याङ्क संकलन विधिलाई नै महत्वपूर्ण मानिएको छ । प्राथमिक स्रोतका लागि वसोवास क्षेत्रका वुढापाका, शिक्षित, युवा, महिला र विशेष रूपमा राजनीतिक व्यक्ति र जनप्रतिनिधि (महिला तथा पुरूष) हरूसँग प्रत्यक्ष रूपमा प्रश्नहरू गरी अन्तरवार्ता लिइएको छ । व्यक्तिगत र सामूहिकमा सामाजिक र साँस्कृतिक अवस्थाको वारेमा  अन्तरवार्ता समेत गरिएको छ । यो खवास जातिको उत्पत्ति, सांस्कृतिक विकास र सामाजिक अवस्थामा भएको परिवर्तन बारेमा विश्लेशण गरिएकोे छ ।

Downloads

Download data is not yet available.
Abstract
49
PDF
150

Downloads

Published

2023-04-20

How to Cite

माझी म. ल. . (2023). नेपालको तराईका खवास जातिको सामाजिक – सांस्कृतिक अवस्था. Voice of History, 31(1), 108–115. https://doi.org/10.3126/voh.v31i1.53798

Issue

Section

Articles