कर्मयोगी रूपचन्द नाहटा

Authors

  • Badri Narayan Gautam Central department of History

Keywords:

अमानवीय यातना, जनविद्रोह,, निस्वार्थ कर्म, सशस्त्र सङ्घर्ष, हान र भागको रणनीति

Abstract

व्यापार–व्यवसाय मात्रलाई धर्म–कर्म बनाउँदै समाज सुधारमा पनि सक्रिय हुने, पेसामा बाधा नपुग्ने गरी समाजका विविध क्षेत्रमा सम्बन्ध कायम गर्ने परम्परा विकसित गरेका मारवारी कुलमा जन्मिएर व्यवसायिक शिक्षादीक्षा ग्रहण गरी पुख्र्यौली कर्ममै लागेका रूपचन्द नाहटा कोइराला परिवारको निकटताबाट विकसित धारणाले गर्दा नै सशस्त्र सङ्घर्ष कालमा नेपाली कांग्रेसको निस्वार्थ सहयोगी बनेका थिए । भारतीय मूलका नागरिक भए तापनि छोटो समयमै भारतलाई भन्दा नेपाललाई बढी माया गर्ने, भारतमा भन्दा नेपालमै रमाउने र आपूmलाई सच्चा नेपाली ठानेर प्रस्तुत हुने गर्न थालेपछि उनी नेपाल र नेपालीको मात्र कल्याणको चाहना राख्दै काम गर्दा श्रीसम्पतिदेखि प्राणसम्मकै पर्वाह नगर्ने देशका कमै सपुतमध्येका एक थिए । “समत्व योग उच्चते” अर्थात् सफलता विफलता सबैमा समभाव राखेर कर्म गर्नु नै कर्मयोग हो भन्ने गीताको अभिव्यक्तिलाई आधार मान्ने नाहटाको जीवनमा कर्मयोगको सिद्धान्तलाई व्यावहारिक कसीमा घोट्दा उनले प्राचीन नेपाली दर्शन र आधुनिक समाजको आवश्यकता बिच सन्तुलन राखेर काम गरेको पाइन्छ । प्रस्तुत खोज तथा अध्ययन गुणात्मक विधिमा आधारित तथ्य सङ्कलन गरी त्यसैलाई आधार बनाएर वर्णनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक विधिका आधारमा लेख तयार पारिएको छ ।

Abstract
62
pdf (Nepali)
0

Author Biography

Badri Narayan Gautam, Central department of History

Professor

Downloads

Published

2025-12-31

How to Cite

कर्मयोगी रूपचन्द नाहटा. (2025). Voice of History, 33(1), 165-183. https://doi.org/10.3126/voh.v33i1.87289

Issue

Section

Articles

How to Cite

कर्मयोगी रूपचन्द नाहटा. (2025). Voice of History, 33(1), 165-183. https://doi.org/10.3126/voh.v33i1.87289