जेन्जी विद्रोहपछिको आमनिर्वाचन, परिणाम र दलहरूको अवस्था
Keywords:
विघटन, मन्त्रिपरिषद, आमसभा, गठबन्धन, सम्वोधन, समावेशीताAbstract
प्रस्तुत अध्ययन निश्चित उमेर समुहका युवा (जेन्जी) ले गरेको विद्रोहपछि भएको आमनिर्वाचनका विविध पक्षमा आधारित रहेर तयार पारिएको हो । जेन्जी पुस्तामा देखिएको चरम असन्तोषले केवल सत्ता परिवर्तनमात्र नगरी मुलुकलाई इतिहासको नयाँ राजनीतिक मार्गतर्फ अग्रसर गराएको देखिन्छ । संविधानत आवधिक निर्वाचन २०८४ मा हुनुपर्ने भए तापनि जेन्जी विद्रोहका कारण दुई वर्षअगावै हुनपुग्यो । राजनीतिक रुपमा भएका आन्दोलनको अन्तिम निकास प्रायः निर्वाचन हुने भएको हुँदा यो निर्वाचन पनि विद्रोहको कालखण्डपछिको परिणामस्वरुप भएको मान्नुपर्छ । निर्वाचनमा मतहाल्ने कुरा स्वविवेकको निर्णय हो र गोप्य मतदानमा लोकतन्त्रको आत्मा रहन्छ । त्यसैले मत दिने कुरा अधिकार मात्र होइन देशप्रतिको जिम्मेवारी पनि हो । राजनीतिक दलहरू आ–आफ्ना घोषणा पत्र लिएर निर्वाचनमा होमिएको हुँदा प्रक्रियागत रुपमा निर्वाचन सफल भएको मान्न सकिन्छ । गुणत्मक ढाँचाअन्र्तगत द्वितीय स्रोतहरूको प्रयोग गरी डेभिड इस्टनको पोलिटिकल सिस्टम थ्योरीमा आधारित यस अध्ययनमा विगतमा निर्वाचन जित्नकै लागि सिद्धान्त र योग्यभन्दा सत्ताकेन्दीत भएर उमेदवार उठाउने र तिनैलाई निर्वाचित गराउने परिपार्टी तोड्दै पार्टी सदस्यतामा वाँधिएका मतदाता स्वतन्त्र हुँदै मतदानमा सहभागि भएकाले निर्वाचन परिणाम पनि अनपेक्षित आएको अध्ययनको निष्कर्ष रहेको छ ।