नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता

Authors

  • Raju Prasad Neupane सिमरा कलेज

DOI:

https://doi.org/10.3126/ajs.v1i1.91593

Keywords:

एम लर्निङ, डिजिटल शिक्षा, भाषिक सिप शिक्षण, मोबाइल प्रविधि

Abstract

वर्तमान डिजिटल युगमा मोबाइल प्रविधिले शिक्षण सिकाइ प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । नेपाली भाषा शिक्षणमा मोबाइल उपकरणको प्रयोगले विद्यार्थी र शिक्षक दुवैका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । मोबाइल प्रविधिले सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सिपको व्यवहारिक अभ्यासलाई सहज बनाउनुका साथै शिक्षण सामग्री प्रस्तुतिमा शिक्षकलाई प्रभावकारी माध्यम प्रदान गरेको छ । यस अध्ययनको उद्देश्य नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता पहिचान गर्नु हो । द्वितीयक स्रोतमा आधारित पुस्तकालयीय अध्ययन विधि अपनाई वर्णनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक पद्धतिबाट गुणात्मक निष्कर्ष निकालिएको छ । शिक्षणमा मोबाइल उपकरणको प्रयोगलाई मोबाइल लर्निङ (एम–लर्निङ) भनिन्छ, जसले सिकाइ प्रक्रियालाई प्रयोगपरक, लचकदार र विद्यार्थीकेन्द्रित बनाउँछ । विद्यार्थीले अडियो–भिडियो सामग्री, ई–बुक, डिजिटल नोट्स र अनलाइन अभ्यासमार्फत सक्रिय सहभागिता जनाउन सक्छन् । यसले व्यक्तिगत गतिमा अध्ययन र पुनःअभ्यास गर्न अवसर प्रदान गर्दछ । शिक्षकले पाठ्यक्रम व्यवस्थापन, गृहकार्य, मूल्याङ्न र सिकाइ गतिविधि व्यवस्थित गर्न मोबाइल प्रयोग गर्न सक्छन् । यद्यपि इन्टरनेट पहुँचको असमानता, अत्यधिक प्रयोग, स्रोतको विश्वसनीयता मूल्याङ्न र प्राविधिक दक्षताको अभाव चुनौतीका रूपमा देखिन्छ । समुचित व्यवस्थापन र जिम्मेवार प्रयोगमार्फत मोबाइल प्रविधिले नेपाली भाषा शिक्षणलाई अझ प्रभावकारी र आधुनिक बनाउन सक्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Raju Prasad Neupane, सिमरा कलेज

नेपाली शिक्षक

Downloads

Published

2026-03-10

How to Cite

Neupane, R. P. (2026). नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता. Academic Journal of Simara, 1(1), 81–88. https://doi.org/10.3126/ajs.v1i1.91593

Issue

Section

Research Articles