बैतडेली नरहरि पर्व लोकगीतको विश्लेषण

Authors

  • Ramesh Prasad Panta त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/ajs.v1i1.91594

Keywords:

नरहरि, काँनी, रुबस्या, भौवा, कण्णकी, सिरल्या, पाँपणो, साँपणो, ढुन्कीका

Abstract

प्रस्तुत अध्ययन कार्य बैतडेली लोकसाहित्यमा केन्द्रित रहेको छ । यसमा बैतडी जिल्लाको भत्तोली लोकसमाजमा माघीको समयमा गाइने नरहरि पर्व लोकगीतको विश्लेषण गरिएको छ । यसका लागि आवश्यक सामग्री यसै क्षेत्रबाट लिइएको छ । लोकगायक र अन्य सहभागीको सक्रिय सहभागितामा यहाँ गाइने लोकगीतलाई बटुलिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गएर अन्तर्वार्ता गरेर कापी र कलमको सहायताले लोकगीत बटुलिएका छन् । यहाँको भत्तोली, गोधारागडा, छोयापानी, रतोडा, तल्ला गाउँ र मल्ला गाउँलाई अध्ययनको सीमा, यहाँका लोकगायकलाई गायनको सीमा, नरहरि पर्व लोकगीतलाई विषयगत सीमा र वर्णनात्मक विधिलाई विधिगत सीमा मानिएको छ । त्यसै गरी सूचकबाट उपलब्ध भएका मौलिक लोकगीतको सन्दर्भपरक अध्ययन गरी निष्कर्षमा पुग्ने उद्देश्य प्रस्तुत अध्ययनले लिएको छ । यसका साथै यहाँका लोकगीतलाई प्राथमिक स्रोतका रूपमा र यससँग सम्बन्धित अध्ययन भएका सामग्रीलाई विश्लेषणका लागि प्रयोग गरिएका छन् । तसर्थ यस अध्ययन कार्यले हराउन लागेका बैतडेली नरहरि पर्व लोकगीतको संरक्षण गरी भावी सन्ततिका लागि एक लिखित दस्तावेज बन्नु यसको उपलब्धि मानिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Ramesh Prasad Panta, त्रिभुवन विश्वविद्यालय

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2026-03-10

How to Cite

Panta, R. P. (2026). बैतडेली नरहरि पर्व लोकगीतको विश्लेषण. Academic Journal of Simara, 1(1), 89–95. https://doi.org/10.3126/ajs.v1i1.91594

Issue

Section

Research Articles