माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि

Authors

  • Sita Adhikari सिमरा कलेज

DOI:

https://doi.org/10.3126/ajs.v1i1.91595

Keywords:

प्रस्फुटन, सृष्टि, विशिष्ट, सम्बन्ध, असामान्य, मातृशक्ति

Abstract

‘ध्वनि’ आवाज हो । मानिसले आफ्नो परिस्थितिअनुसार ध्वनि प्रवाह गर्ने गर्दछ । ध्वनि विद्यमान समयमा मात्र होइन, प्राचीन समयदेखि प्रचलनमा आएको हो । ध्वनि मानवको विचारलाई बाहिर निकाल्ने एउटा माध्यम पनि हो । पूर्वीय साहित्यमा ध्वनिवादको मूल आधार काव्यको व्यञ्जना शक्तिलाई मानिएको छ । ध्वनि शब्दको व्युत्पत्तिगत अर्थ खोज्ने हो भने पनि जसले ध्वनित गर्छ वा गराउँने शब्द ध्वनि हो । ध्वनिमा रस, भाव, अलंकार वस्तु आदि प्रकटीकरण हुन्छ । यो समाजमा हरतरहका मानिस रहेका हुन्छन् । बालबालिका, युवा र वृद्धवृद्धा सबै हुन्छन् । उनीहरूको आफ्नो जीवन हुन्छ । त्यो जीवनलाई सहजता प्रदान गर्न ध्वनिको आवश्यकता पर्दछ । मान्छेले आफ्नो विचारलाई गहन तरिकाले बाहिर प्रकट गर्न सक्नु नै ध्वनिवाद हो । गुणात्मक अध्ययन विधिको प्रयोगमा प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरी समस्यालाई उठान गर्ने कार्य भएको छ । सामाजिक र साँस्कृतिक समस्याका बाबजुद एउटी आमा ह्दय आफ्ना सन्तानलाई जीवित राख्न जुनसुकै शक्तिसँग लड्न पनि तयार हुने कुरा खण्डकाव्यमा प्रस्तुत भएको छ । आमाका लागि आफ्नो सन्तानभन्दा ठुलो अरू केही हुँदैन । समाजको डरले आफ्नो सिर्जनालाई जमिनमा गाड्न विवश आमाहरु थुप्रै छन् यस धर्तीमा तर पनि उनीहरू भित्रको मातृ ह्दयले कहिल्यै पनि आफ्नो सन्तानबाट टाढा रहुँ भन्ने सोचेका हुँदैनन् । माताको ममताले आफ्नो सन्तानलाई सधैँ छातीमा टाँसेर राख्न खोज्ने ध्वनि प्रस्फुटन भएको छ भन्ने निचोड नै प्रस्तुत लेखको मूल प्राप्ति हो ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Sita Adhikari, सिमरा कलेज

नेपाली विभाग

Downloads

Published

2026-03-10

How to Cite

Adhikari, S. (2026). माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि. Academic Journal of Simara, 1(1), 97–103. https://doi.org/10.3126/ajs.v1i1.91595

Issue

Section

Research Articles