शैक्षणिक दृष्टिमा नेपाली नाट्य विधामा पात्र विधान
DOI:
https://doi.org/10.3126/amrj.v4i1.78685Keywords:
अभिनय, रङ्गकर्मी, पूर्वीय, पाश्चात्य, यथार्थवादीAbstract
नाटक विधा साहित्यको अभिनयात्मक दृश्यात्मक विधा हो । यस विधामा पात्रको अहम् भूमिका रहन्छ । कथावस्तु अनुरुपका पात्रहरु चयन गरिएका छन् छैनन् ? पात्रको संख्या कथावस्तु अनुसार उपयुक्त छ छैन ? पात्र वर्ग लिंग, कार्य ,भूमिका , स्वभाव , गतिशीलताका दृष्टिले उचित छन् छैनन् ? कथावस्तु—उद्देश्य अनुसार पात्र संयोजन छ छैन ? भनेर केलाउनु नै नाट्य विधामा पात्र विधान हो । नेपाली साहित्यको नाट्य विधामा रहेको पात्रविधानलाई कक्षाकोठामा कसरी शिक्षण गर्दा उपयुक्त र प्रभावकारी हुन्छ भन्ने सम्बन्धमा यस अनुसन्धानात्मक लेखमा उल्लेख गरिएको छ । नेपाली साहित्यको नाट्य लेखन यात्राको उत्तरवर्ती आधुनिक कालखण्डका चार प्रमुख नाटकलाई प्रवृत्तिगत आधारमा छनोट गरी यसलेखमा नाट्य सम्राट बालकृष्ण समको अन्धवेग , गोपालप्रसाद रिमालको यो प्रेम वासुशशीको वाँसरीमा नअटाएका धुनहरू र सरुभक्तको असमय अमौसम नाटकमा रहेको पात्र विधानलाई अध्ययन गरिएको छ । पात्र, लिङ्ग, कार्यव्यापार, भूमिका, स्वभाव, गतिशीलताका आधारमा अध्ययन गर्दा यी तीनै नाटकमा पात्र विधानगत भिन्नता छ ।