समकालीन नेपाली कथाको सांस्कृतिक अध्ययनको अवधारणात्मक ढाँचा

Authors

DOI:

https://doi.org/10.3126/amrj.v4i1.78687

Keywords:

पहिचान र प्रतिनिधित्व, शक्तिकेन्द्र, संस्कृति, सबाल्टर्न, लैङ्गिकता

Abstract

प्रस्तुत लेखमा समकालीन नेपाली कथाको सांस्कृतिक अध्ययनको अवधारणात्मक ढाँचा वा सवरुपका बारेमा चर्चा गरिएको छ । सांस्कृतिक अध्ययनको अवधारणा साहित्य अध्ययनका क्षेत्रमा देखा परेको पछिल्लो समालोचनात्मक मान्यता हो । यसले साहित्यको अध्ययन गर्दा सामाजिक, सांस्कृतिक र कृतिमा रहेको सांस्कृतिक स्वरूपको अध्ययनलाई प्रमुख आधार बनाउँछ । समकालीन नेपाली कथाको सांस्कृतिक अध्ययन भन्नाले कथाकृतिमा अभिव्यक्त सामाजिक–आर्थिक सम्बन्ध, प्रभुत्वशाली वर्ग र सीमान्त वर्गको स्थिति, केन्द्रीय शक्ति विरुद्ध सीमान्तमा रहेको शक्तिले गर्ने प्रतिरोध, नवनिर्मित संस्कृतिको स्वरूप, पहिचान तथा प्रतिनिधित्वका सवाल आदिको खोजी, अध्ययन, विश्लेषण भन्ने बुझिन्छ । नेपाली कथाका सन्दर्भमा समकालीनता भन्नाले वि.सं. २०२० पछि देखापरेका कथागत मूल्य तथा मान्यतालाई लिने गरिएको पाइन्छ । अन्तर्बाह्य राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनहरूले यस समयका कथाहरूलाई प्रभावित पारेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
143
PDF
62

Downloads

Published

2025-05-14

How to Cite

Shahi, H., & Pokharel, G. (2025). समकालीन नेपाली कथाको सांस्कृतिक अध्ययनको अवधारणात्मक ढाँचा . AMC Multidisciplinary Research Journal, 4(1), 136–142. https://doi.org/10.3126/amrj.v4i1.78687

Issue

Section

Articles