विद्यार्थीहरूको सिकाइमा अतिरिक्त पाठ्यक्रम गतिविधिहरूको महत्व: अछाम बहुमुखी क्याम्पसको एक अध्ययन

Authors

  • Jhapat Kumar K. C. अछाम बहमुखी क्याम्पस, मंगलसेन, अछाम

Keywords:

ECA, शैक्षिक प्रदर्शन, विद्यार्थी संलग्नता, चुनौतीहरू, सुधारका उपायहरू

Abstract

नेपालका ग्रामीण क्षेत्रका शैक्षिक संस्थाहरूमा अतिरिक्त पाठ्यक्रम गतिविधिहरू (ECA) लाई औपचारिक शैक्षिक संरचनामा समावेश गर्ने प्रक्रियामा चुनौतीहरू कायम छन्। यस अध्ययनले अछाम बहुमुखी क्याम्पसमा ECA को वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै विद्यार्थीहरूको समग्र विकासमा यसका प्रभावहरूलाई विश्लेषण गर्दछ। ECA का माध्यमबाट विद्यार्थीहरूको मानसिक, शारीरिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने छ, यद्यपि यसमा स्रोत, प्रशिक्षक र व्यवस्थापनका चुनौतीहरू छन्। अनुसन्धानले ECA मा संलग्नता र त्यसले विद्यार्थीहरूको शैक्षिक प्रदर्शनमा पार्ने प्रभावको मूल्याङ्कन गर्नेछ। साथै, यस अध्ययनले भ्ऋब् मा संलग्नता र असंलग्नता भएका विद्यार्थीहरूको शैक्षिक परिणामहरूको तुलना गर्नेछ। साथै, यस अध्ययनमा ECAमा संलग्न विद्यार्थीहरूले सामना गर्ने प्रमुख चुनौतीहरू र समाधानका उपायहरूलाई पनि उजागर गरिनेछ। यसले विद्यार्थीहरूको शैक्षिक अनुभवमा सुधार गर्न र तिनीहरूको आत्म सम्मानमा वृद्धि गर्ने सम्भावनाहरूलाई दर्शाउनेछ। अन्ततः अध्ययनले ECA को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुधारका सुझावहरू प्रदान गर्ने लक्ष्य राखेको छ, जसले ग्रामीण क्षेत्रमा शैक्षिक प्रणालीको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Abstract
186
PDF
28

Downloads

Published

2025-05-14

Issue

Section

Articles

How to Cite

K. C., J. K. (2025). विद्यार्थीहरूको सिकाइमा अतिरिक्त पाठ्यक्रम गतिविधिहरूको महत्व: अछाम बहुमुखी क्याम्पसको एक अध्ययन . AMC Multidisciplinary Research Journal, 4(1), 164-175. https://doi.org/10.3126/amrj.v4i1.78694