मुक्त कमैया पुनस्र्थापनामा सञ्चारको भूमिकाः एक समाजशास्त्रीय तथा मिडियागत विश्लेषण

Authors

Keywords:

मुक्त कमैया, पुनस्र्थापना, सञ्चार पैरवी, रेडियो पैरवी, विकास सञ्चार, बन्धुवा श्रम

Abstract

नेपालको सुदूर तथा मध्य–पश्चिमी तराई क्षेत्रमा ऐतिहासिक रूपमा संस्थागत रहेको कमैया बन्धुवा श्रम प्रणाली, यसको कानुनी मुक्ति र उत्तर–मुक्ति कालखण्डको पुनस्र्थापना प्रक्रियामा आमसञ्चार तथा पैरवी (Communication Advocacy) ले खेलेको भूमिकाको विश्लेषण गर्नु प्रस्तुत शोध लेखको मुख्य उद्देश्य हो । शताब्दीऔँ लामो सामन्ती भू–स्वामित्व प्रणाली, सीमान्तकृत थारू समुदायको भूमिहीनता र वित्तीय एकाधिकारका कारण सिर्जना भएको यो आधुनिक दासत्व वि.सं. २०५७ मा कानुनी रूपमा प्रतिप्रतिबन्धित भए तापनि व्यावहारिक पुनस्र्थापना अझै पूर्ण हुन सकेको छैन । यो अध्ययन गुणात्मक तथा विवरणात्मक विधिमा आधारित छ, जसले वि.सं. २०२१ को भूमिसुधार, मातृभाषामा आधारित रेडियो पैरवी, दृश्य–सञ्चार (Visual Sociology) र मूलधारका छापा माध्यमको कभरेजको समीक्षा गर्दछ । अध्ययनले के निष्कर्ष निकाल्दछ भने ‘ख्याल’ बुलेटिन र हातेमालो सञ्चार समूहको ‘नागरिक आवाज’ जस्ता सहभागितामूलक सञ्चार माध्यमहरूले कमैयाहरूमा सचेतीकरण (Conscientization) र एजेन्डा बिल्डिङ्ग (Agenda Building) मार्फत नीतिगत तहमा दबाब सिर्जना गरे तापनि राज्यको पुनस्र्थापना नीति अपूर्ण रहँदा व्यावहारिक स्वतन्त्रता अझै ओझेलमा छ ।

Abstract
3
PDF
2

Downloads

Published

2026-07-31

How to Cite

B. C., D. B. (2026). मुक्त कमैया पुनस्र्थापनामा सञ्चारको भूमिकाः एक समाजशास्त्रीय तथा मिडियागत विश्लेषण. AMC Multidisciplinary Research Journal, 5(1), 178-185. https://doi.org/10.3126/amrj.v5i1.98070

Issue

Section

Articles

How to Cite

B. C., D. B. (2026). मुक्त कमैया पुनस्र्थापनामा सञ्चारको भूमिकाः एक समाजशास्त्रीय तथा मिडियागत विश्लेषण. AMC Multidisciplinary Research Journal, 5(1), 178-185. https://doi.org/10.3126/amrj.v5i1.98070