सामुदायिक विद्यालयमा मानव संसाधन व्यवस्थापनले सिकाइमा पार्ने प्रभावको अध्ययन

Authors

Keywords:

सामुदायिक विद्यालय, मानव संसाधन व्यवस्थापन, शिक्षक व्यवस्थापन, सिकाइ उपलब्धि, शैक्षिक नेतृत्व, विद्यालय व्यवस्थापन

Abstract

स्तुत लेखनकार्य “सामुदायिक विद्यालयमा मानव संसाधन व्यवस्थापनले सिकाइमा पार्ने प्रभावको अध्ययन” शीर्षकमा आधारित छ । यस अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयमा मानव संसाधन व्यवस्थापनको वर्तमान अवस्था पहिचान गर्नु, यसले विद्यार्थीको सिकाइमा परेको प्रभावको विश्लेषण गर्नु तथा व्यवस्थापन सम्बन्धी विद्यमान चुनौतीहरूको पहिचान गरी सुधारका उपायहरूको  सुझाव दिनु हो। यस अध्ययनमा गुणात्मक र परिमाणात्मक दुवै विधिको संयोजन गरिएको मिश्रित अनुसन्धान पद्धति अपनाइएको छ । आवश्यक तथ्याङ्क प्रश्नावली, अन्तर्वार्ता, समूह छलफल, प्रत्यक्ष अवलोकन तथा विद्यालयका अभिलेखहरूको अध्ययनबाट सङ्कलन गरिएको छ। अधिकांश सामुदायिक विद्यालयमा मानव संसाधन व्यवस्थापन अपेक्षित रूपमा प्रभावकारी नभएको पाइएको छ । शिक्षक दरबन्दीको अभाव, करार तथा निजी स्रोतका शिक्षकमा अत्यधिक निर्भरता, नियुक्ति प्रक्रियामा पारदर्शिताको कमी, राजनीतिक हस्तक्षेप, सीमित सेवा–सुविधा, अपर्याप्त तालिम, कमजोर अनुगमन तथा सुपरिवेक्षण, र अभिभावक–विद्यालय सहकार्यको न्यूनता जस्ता पक्षहरूले शिक्षण–सिकाइ प्रक्रियामा प्रतिकूल प्रभाव पारेको पाइयो । यद्यपि केही विद्यालयमा आन्तरिक व्यवस्थापन, शिक्षक तालिम तथा समन्वय सुधारका सकारात्मक प्रयासहरू देखिए पनि ती प्रयासहरू दीर्घकालीन र पर्याप्त रूपमा संस्थागत हुन सकेका छैनन् । अध्ययनले प्रभावकारी मानव संसाधन व्यवस्थापन, योग्य तथा प्रेरित शिक्षक, पारदर्शी नियुक्ति प्रणाली, नियमित पेशागत विकास, उत्तरदायी नेतृत्व, प्रभावकारी अनुगमन तथा विद्यालय र समुदायबीचको सहकार्य सुदृढ भएमा विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार ल्याउन सकिने निष्कर्ष प्रस्तुत गर्दछ । त्यसैले शिक्षक दरबन्दी व्यवस्थापन, नेतृत्व क्षमता विकास, सेवा–सुविधा विस्तार, तालिमको प्रभावकारिता अभिवृद्धि तथा व्यवस्थापन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको अध्ययनले औँल्याएको छ। साथै, मानव संसाधन व्यवस्थापनका विविध आयाम र तिनको शैक्षिक उपलब्धिसँगको सम्बन्धबारे थप विस्तृत अनुसन्धान गर्नुपर्ने आवश्यकता पनि अध्ययनले उल्लेख गरेको छ ।

Abstract
0
PDF
1

Downloads

Published

2026-07-31

How to Cite

K. C., J. K. (2026). सामुदायिक विद्यालयमा मानव संसाधन व्यवस्थापनले सिकाइमा पार्ने प्रभावको अध्ययन. AMC Multidisciplinary Research Journal, 5(1), 195-204. https://doi.org/10.3126/amrj.v5i1.98072

Issue

Section

Articles

How to Cite

K. C., J. K. (2026). सामुदायिक विद्यालयमा मानव संसाधन व्यवस्थापनले सिकाइमा पार्ने प्रभावको अध्ययन. AMC Multidisciplinary Research Journal, 5(1), 195-204. https://doi.org/10.3126/amrj.v5i1.98072