नेपाली लोकगीतमा लोकजीवन

Authors

  • विष्णु Bishnu न्यौपाने Neupane

Keywords:

लोकभावना, लोकसमाज, समाजको प्रतिबिम्ब, सामाजिक जागरण, सौन्दर्यचेतना

Abstract

नेपाली लोकगीतमा ‘लोकजीवन’ शीर्षकको प्रस्तुत लेख नेपाली लोकगीतहरूमा प्रस्तुत भएको लोकजीवनको अध्ययनमा केन्द्रित छ । लोकगीत लोकजीवनको अभिव्यक्ति हो । यसमा लोकजीवनका विविध विषयवस्तुहरू प्रस्तुत भएका हुन्छन् । लोकजीवनलाई आधार बनाएर रचना गरिएका लोकगीतमा लोकव्यवहारको अभिव्यक्ति भएको हुन्छ । लोक–जीवनका विविध सांस्कृतिक पक्षको चित्रण यिनमा पाइन्छ । कृषिप्रधान देश नेपाल भएकाले कृषिकर्मको अभिव्यक्ति यसमा भएको हुन्छ । नारीजीवनका कथाव्यथाको प्रस्तुति, मानिसको उमेरअनुसारका चाहनाको अभिव्यक्ति पनि लोकगीतमा भएको हुन्छ । नेपाली लोकगीतले लोकजीवनमा प्रभाव पारेको हुन्छ । यिनै पक्षको खोजी प्रस्तुत लेखमा गरिएको छ । यो लेखमा लोकगीतमा केकस्तो लोकजीवनलाई प्रस्तुत गरिएको छ भन्ने मूल समस्याका रूपमा लिई विषयको व्याख्या विश्लेषण गरिएको छ । पुस्तकालय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोतसामग्री सङ्गलन गरेर यिनै सामग्रीको अध्ययन र पुनरवलोकनबाट गुणात्मक अनुसन्धान ढाँचामा विश्लेषित यस अनुसन्धानात्मक लेखमा लोकजीवनका सुखदुःख, हर्ष–बिस्मात, उकालीओराली, विजयपराजय, प्रेमपीडा, मिलनवियोग, उज्यालो पक्ष, अँध्यारो पक्ष, आँसुहाँसो, उन्नतिअवनति जस्ता पक्षहरू लोकगीतमा व्यक्त भएका छन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
207
PDF
1

Downloads

Published

2024-08-08

How to Cite

नेपाली लोकगीतमा लोकजीवन. (2024). Samaj Anweshan समाज अन्वेषण, 2(1), 75-85. https://doi.org/10.3126/anweshan.v2i1.68573

Issue

Section

Research Articles

How to Cite

नेपाली लोकगीतमा लोकजीवन. (2024). Samaj Anweshan समाज अन्वेषण, 2(1), 75-85. https://doi.org/10.3126/anweshan.v2i1.68573