सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू

Authors

  • मकरबहादुर Makar Bahadur सार्की Sarki

Keywords:

उत्पीडन, वञ्चितीकरण, समावेशी सिद्धान्त, सामाजिक विभेद

Abstract

सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी नेपालको संविधानमै समावेशी सिद्धान्त अबलम्बन गर्ने व्यवस्था छ । यसैअन्तर्गत थुप्रै कामहरू भइरहेका छन् । जसले ती समुदायमा प्रगतिको सम्भावनाको ढोका खुलेको छ । यस अनुन्धानमूलक लेखमा सामाजिक विभेद र उत्पीडनले कस्तो प्रभाव पारेको छ तथा पछिल्लो समयमा यसमा देखिएका समस्या र प्रगतिको सम्भावनाहरूको चर्चा गरिएको छ । सामाजिक विभेद र उत्पीडनबाट सबैभन्दा प्रभावित दलित समुदाय हो । यी समुदायका प्रतिनिधिले समाज तथा सार्वजनिक स्थलमा अझै पनि अपमानित तथा सेवासुविधाबाट वञ्चितीकरणमा पर्नुपर्ने अवस्था विद्यमान रहेकाले यस लेखमा उनीहरूको दृष्टिकोणमा देखिने आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा पारिवारिक प्रभावहरूका बारेमा तथ्याङ्कगत खोजीनीति गरिएको छ । अर्को पाटोमा सामाजिक विभेद तथा उत्पीडन न्यायिक दृष्टिकोणले आपराधिक क्रियाकलाप भइसक्दा पनि किन यसलाई समाजले छोड्न सकेको छैन भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । यसले सामाजिक विभेद र उत्पीडनका क्षेत्रमा काम गर्न मार्गदर्शन प्रदान गर्छ ।

Abstract
545
PDF
0

Downloads

Published

2024-08-12

How to Cite

सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू. (2024). Samaj Anweshan समाज अन्वेषण, 2(1), 160-168. https://doi.org/10.3126/anweshan.v2i1.68599

Issue

Section

Research Articles

How to Cite

सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू. (2024). Samaj Anweshan समाज अन्वेषण, 2(1), 160-168. https://doi.org/10.3126/anweshan.v2i1.68599