सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता

Authors

  • सन्तोषकुमार Santosh Kumar लिम्बु Limboo

Keywords:

स्तरगत योजना, सङ्घीयता, बहुलवादी, सङ्कटापन्न, आत्मसातीकरण

Abstract

यस लेखले नेपालका विगतका संविधानहरूमा भएका भाषासम्बन्धी प्रावधानहरूको जगमा, त्यसमा पनि मुख्य गरेर सङ्घीय नेपालको संविधान २०७२ मा भाएका भाषासम्बन्धी प्रावधानहरूलाई मूलतः आधार मानेर भाषा योजनाको बारेमा अध्ययन र विश्लेषण गरेको छ । भाषाको तथ्याङ्कगत र आर्जन योजनाका प्रकारहरूभन्दा पनि भाषाको स्तरगत योजनाको प्रकारलाई केन्द्रित गरेर यो लेख तयार गरिएको छ । नेपालको विगतका संविधानहरू र अहिलेको संविधानमा भाषासम्बन्धी प्रावधानहरूको पर्याप्त व्यवस्था गरिएको भए तापनि नेपालमा भाषाको योजना त्यसमा पनि भाषाको स्तरगत योजना मुख्य रूपमा या ठोस बृहत्, व्यवस्थित र एकीकृत रूपमा निर्माण गरिएको या बनाइको पाइँदैन । त्यसैले सङ्घीय नेपालमा भाषाको स्तरगत योजनालाई ठोस रूपमा बृहत्, एकीकृत र व्यवस्थित भाषा योजना निर्माण गर्नका निम्ति यो लेख सहयोगी हुने छ । संविधानहरूमा भएका भाषाका प्रावधानहरू, भाषा योजनासम्बन्धी दस्ताबेज, पुस्तक, जर्नलहरू आदिका आधारमा मिश्रित अध्ययन विधि, त्यसमा पनि मुख्यतया गुणात्मक अध्ययन विधिका आधारमा यो लेख लेखिएको छ ।

Abstract
234
PDF
0

Downloads

Published

2024-08-12

How to Cite

सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता. (2024). Samaj Anweshan समाज अन्वेषण, 2(1), 169-178. https://doi.org/10.3126/anweshan.v2i1.68600

Issue

Section

Research Articles

How to Cite

सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता. (2024). Samaj Anweshan समाज अन्वेषण, 2(1), 169-178. https://doi.org/10.3126/anweshan.v2i1.68600