मगर जातिको विवाह संस्कार

Authors

  • हेमन्त Hemanta बुढाथोकी Budhathoki

Keywords:

मागीविवाह, प्रेमविवाह, जारीविवाह, बाह्रमगरात क्षेत्र, अठारमगरात क्षेत्र

Abstract

नेपालको ७७ ओटै जिल्लाहरूमा फैलिएर बसोबास गरेको मगर जाति हिमाल, पहाड, भित्री मधेस र तराई आदि सबै भौगोलिक क्षेत्रको एक मुख्य बासिन्दा हो । मगरहरूले बोल्ने मगर भाषाको भाषिकाहरूको क्षेत्रगत बाहुल्यताको आधारमा मगरहरू बसोबास गर्ने क्षेत्रलाई पूर्वको भागलाई बाह्र मगरात क्षेत्र, रिडी नदी पáिमको भागलाई अठार मगरात क्षेत्र तथा डोल्पा क्षेत्रलाई काइके मगरात क्षेत्र भनिन्छ । बाह्रमगरात, अठार मगरात र काइके मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरूको वैवाहिक संस्कारमा समेत विविधता रहेको पाइन्छ । बाह्रमगरात क्षेत्रमा बाह्रपन्थी मगरहरू राना, थापा, आले थरहरू र अठारमगरात क्षेत्र र काइके मगरात क्षेत्रमा अठारपन्थी मगरहरू पुन, बुढा, रोका र घर्ती थरको मूल बसोबास रहेको देखिन्छ । मगर जातिमा
‘‘मामाको छोरी फूपूको छोरा’ बिच विवाह गर्ने प्रचलन रहेको भए तापनि हालको बढ्दो आधुनिकीकरण, सहरीकरण, र बसाइँसराई आदि कारण उक्त प्रचलन क्रमशः घट्दै गएको पाइन्छ । क्षेत्रगत रूपमा बाह्रमगरात, अठारमगरात, र काइवmे मगरात क्षेत्रमा मगरहरूको फरकफरक विवाह संस्कार रहेको पाइन्छ । बाह्रमगरात क्षेत्रमा मूलतः लगन्या (मागी) र ओडन्या (प्रेम\भागी) विवाह प्रचलनमा रहेको पाइन्छ । त्यसबाहेक बाह्रमगरातमा प्रेमविवाह, लतार्ने विवाह, चोरी विवाह र जारी विवाह आदि अभ्यासमा रहेको पाइन्छन । त्यस्तै अठारमगरात र काइके मगरात क्षेत्रका मगरहरूमा पनि मूलतः मागीविवाह, प्रेमविवाह, चोरीविवाह, जारीविवाह नै अभ्यासमा रहेका देखिन्छन । यस लेखको मूल अभिप्राय मगर जातिभित्र रहेका विवाह संस्कारका विविधताहरूको बारेमा चर्चा गर्नु रहेको छ ।

Abstract
338
PDF
0

Downloads

Published

2025-01-19

How to Cite

मगर जातिको विवाह संस्कार. (2025). Samaj Anweshan समाज अन्वेषण, 2(2), 113-122. https://doi.org/10.3126/anweshan.v2i2.74192

Issue

Section

Research Articles

How to Cite

मगर जातिको विवाह संस्कार. (2025). Samaj Anweshan समाज अन्वेषण, 2(2), 113-122. https://doi.org/10.3126/anweshan.v2i2.74192