समकालीन नेपाली कवितामा किराती पहिचान

Authors

  • यसोदा yashoda राई Rai

Keywords:

मिथक, मुन्दुम, सभ्यता, सुप्तुलुङ

Abstract

प्रस्तुत लेख पहिचानसम्बन्धी अवधारणात्मक निर्माणमा केन्द्रित रही समकालीन नेपाली कवितामा किराती पहिचानको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । यस लेखको प्रमुख उद्देश्य समकालीन नेपाली कवितामा किराती समुदायको पहिचानको स्वरूप केकस्तो रहेको छ र पहिचानलाई किराती कविहरूले कवितामा कसरी अभिव्यक्त गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु रहेको छ । यो अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई पहिचानसम्बन्धी अवधारणालाई पाठ विश्लेषणको मुख्य विधिका रूपमा अँगालिएको छ । यस अध्ययनमा समकालीन नेपाली कविताको विश्लेषणको क्रममा मूलतः भूगोल, सभ्यता संस्कृति र भाषिकपक्षसँग सम्बद्ध किराती पहिचानका आवाजहरू प्रखर रूपमा अभिव्यञ्जित गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । समकालीन नेपाली कवितामा भौगोलिक, सांस्कृतिकका साथै भाषिक पहिचानको मूल्यमाथि विमर्श गर्दै किराती सौन्दर्यको विशिष्ट पहिचान स्थापित गर्नुमा कविहरूको प्रमुख ध्येय देखिएकाले उनीहरूले किराती पहिचानका सम्बन्धमा महत्त्वकासाथ प्रभावशाली ढङ्गले प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष यो अध्ययनबाट निकालिएको छ ।

Abstract
104
PDF
0

Downloads

Published

2025-01-19

How to Cite

समकालीन नेपाली कवितामा किराती पहिचान. (2025). Samaj Anweshan समाज अन्वेषण, 2(2), 152-160. https://doi.org/10.3126/anweshan.v2i2.74206

Issue

Section

Research Articles

How to Cite

समकालीन नेपाली कवितामा किराती पहिचान. (2025). Samaj Anweshan समाज अन्वेषण, 2(2), 152-160. https://doi.org/10.3126/anweshan.v2i2.74206