समय र सपना कवितासङ्ग्रहका कवितामा नारी समाज
DOI:
https://doi.org/10.3126/anweshan.v3i1.81805Keywords:
सहअस्तित्व, परम्परा, पितृसत्ता, स्वतन्त्रता, समानताAbstract
प्रस्तुत लेख कौशिला रिसालको समय र सपना कवितासङ्ग्रहभित्रका कवितामा चित्रण गरिएको नारी समाजको अध्ययनमा केन्द्रित छ । उनका कवितामा विगतमा महिलामाथि हुने गरेका दमनका विरुद्धमा आवाज उठाउने नारीहरूको उपस्थितिमार्फत परम्पराभन्दा भिन्न नारीसमाजलाई समेटिएको पाइन्छ । यो कवितासङ्ग्रहभित्रका कवितामा नारीले जस्तोसुकै परिस्थितिमा पनि हिम्मतका साथ अगाडि बढेर चुनौतीलाई सामना गर्नुपर्ने आवाजका माध्यमबाट पितृसत्ताभन्दा भिन्न र स्वतन्त्र समाज आजको आवश्यकता भएको तथ्य प्रस्तुत गरेको पाइन्छ । तसर्थ यसमा प्रस्तुत भएको समाज, नारीहरूको त्यसप्रतिको विचार र समतामूलक समाजको मागसम्बन्धी दृष्टिकोणलाई वmेकसरी अभिव्यक्त गरिएको छ भन्ने मूल जिज्ञासाको समाधान खोज्ने लक्ष्य यस लेखले राखेको छ । रिसालका कवितामा चित्रित नारीसमाजको अध्ययनका लागि नारीवादी सिद्धान्तका मूलभूल मान्यतालाई सैद्धान्तिक आधार मानिएको हुँदा यो अध्ययन निगमनात्मक प्रवृत्तिको बन्न पुगेको छ । नारीवादी सिद्धान्तले अघि सारेका लैङ्गिक असमानता र विभेदको चित्रण, पितृसत्ताको आलोचना अथवा यौनिक हिंसाको प्रतिरोध, महिलाको शरीर, यौनिकता र निजतासँग सम्बन्धित अभिव्यक्ति, श्रमको अवमूल्यन र वर्गीय शोषण, प्रतिनिधित्व र आवाजको सवाल, स्वतन्त्रता, आत्मनिर्णय र सशक्तीकरण, प्रतिरोधको स्वर तथा परिवर्तनको चेतना, सहअस्तित्व तथा समानताजस्ता बुँदालाई विश्लेषणको ढाँचा मानी यिनै उपशीर्षकभित्र कृतिको विश्लेषण गरिएको छ । रिसालका कवितामा यस दृष्टिले हालसम्म अध्ययन नभएको परिप्रेक्ष्यमा यसमा केन्द्रित भएर अध्ययन गरिनु चित्यपूर्ण ठान्दै शोध्य जिज्ञासाको समाधान निकालिएको छ । यस कृतिमा परम्परागत पितृसत्तात्मक सोचलाई जस्ताको तस्तै स्वीकार्ने भन्दा समयअनुसार परिवर्तनको अपेक्षा गर्दै नारीको अस्तित्वप्रति जागरुक समतामूलक नारीसमाजको चित्रण सशक्त बनेको निष्कर्ष निकालिएको छ । यो किसिमको समाजको चित्रणले कवितालाई सशक्त, कलात्मक, गहन र ओजपूर्ण बनाएको निष्कर्ष यो अध्ययनको रहेको छ ।