समाजवाद उन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता

Authors

  • uttam Khanal

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81949

Keywords:

राज्य, सामूहिक हित, उत्पादन तथा वितरण

Abstract

समाजवाद उन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता विषयमा अध्ययन गर्दा विषयवस्तुको प्रस्तुति, शोधप्रश्न, उद्देश्य, अध्ययन विधि, तथ्याङ्क सङ्कलन र विश्लेषणजस्ता महत्त्वपूर्ण पक्षहरू समावेश गरिएको छ । नेपालको अर्थव्यवस्था समाजवाद उन्मुख हो या यो भ्रम हो भन्ने सवालमा विस्तृत रूपमा खोज कार्य गरिएको छ । समाजवादी अर्थव्यवस्थाको मोडेल नेपालमा कस्तो हुन्छ ? यसको प्रस्ट खाका सरकारको नीति तथा कार्यक्रममा आएको छैन । पूर्वसोभियत सङ्घमा लेनिनले लागु गरेजस्तो समाजवादी अर्थप्रणाली लागु गर्न सकिन्छ वा सकिँदैन ? यस विषयमा सरकार अलमलमा परेको छ । नेपालको संविधान र कानुनी भाष्यलाई छोडेर भन्दा सरकारले मिश्रित अर्थव्यवस्थालाई विकल्पको रूपमा लिएको देखिन्छ । उसले लागु गरेका सामाजिक सुरक्षा, योगदानमा आधारित सुरक्षा कोष, सहकारी क्षेत्रको परिचालन, अनुदान र सार्वजनिक संस्थानद्वारा प्रदान गरिने वस्तु तथा सेवाको उत्पादन र वितरण प्रणालीले समाजवादी कार्यक्रमको झल्को दिन्छ । यति हुँदाहुँदै राज्यले पुँजी निर्माण, परिचालन, उत्पादन, वितरण र रोजगारी सृजनामा समाजवाद उन्मुख अर्थतन्त्रलाई पूर्ण रूपमा आबद्ध गराउन सकेको छैन । बचत परिचालन तथा पुँजी निर्माणको काममा राज्यले कुन मोडेलको अर्थव्यवस्था अगाडि बढाएको हो भन्नेमा प्रस्ट छैन । अर्थतन्त्रको भार सरकारी कि निजी क्षेत्रले धान्ने भन्ने बारेमा पनि राज्य मौन छ । झट्ट हेर्दा समाजवादी कार्यक्रम अगाडि सारेको जस्तो देखिए पनि लोकतान्त्रिक, आधुनिक नवमार्क्सवादी वा उदार पुँजीवादी ढाँचाको कार्यक्रममा जोड दिएको जस्तो देखिन्छ । नेपाललाई २५ वर्षभित्र उच्च आय भएको मुलुकमा रूपान्तरण गर्ने नीति लिएको भए पनि पहिलो पाँच वर्षलाई समृद्धिको आधार वर्षमा राख्ने योजना कार्यान्वयनमा जटिलता छ । समाजवाद जनताको अधिकतम हित र सेवामा समर्पित भएर समानताको लागि काम गर्ने शासन व्यवस्था भएकाले त्यसको चरित्रसहितको अर्थव्यवस्था राज्यले अङ्गिकार गरेको छैन । राज्यको कार्यशैली र तथ्यगत कुरालाई हेर्दा नेपालको अर्थतन्त्र समाजवाद उन्मुख छ भन्नु भ्रम मात्र हो, वास्तविकता होइन ।

Downloads

Download data is not yet available.
Abstract
121
PDF
49

Downloads

Published

2025-07-21

How to Cite

Khanal, uttam. (2025). समाजवाद उन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता. Samaj Anweshan समाज अन्वेषण, 3(1), 12–22. https://doi.org/10.3126/anweshan.v3i1.81949

Issue

Section

Research Article