महिलामा जलवायु परिवर्तनको आर्थिक तथा सामाजिक प्रभाव

Authors

  • Jaya Budhathoki

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81953

Keywords:

अनुकूलन, जलवायु, जोखिम, अस्तित्व

Abstract

जलवायु परिवर्तनको असर क्रमिक रूपले वृद्धि भएको देखिन्छ । महिलामा जलवायु परिवर्तनको प्रभाव र फरकफरक जलवायुसँग जुध्न उनीहरूले अपनाएको सामनाका संयन्त्रहरू के हुन् भनेर दस्तावेजीकरण गर्न व्यवस्थित साहित्य समीक्षा गरिएको छ । दिइएको साहित्य समीक्षाबाट प्राप्त निष्कर्षले समाजमा महिलाको अवस्था धेरै कमजोर रहेको देखिएको छ । महिलाहरू समाजमा सीमान्तीकृत छन् र निर्णय प्रक्रियामा न्यूनतम सहभागिताका कारण अधिकारप्रति सचेत छैनन् । आफ्नो दैनिक कार्य पूरा गर्न प्राकृतिक स्रोतमा निर्भर हुने अवस्थामा जलवायु परिवर्तनले महिलाको आर्थिक र सामाजिक क्षेत्रमा असर पुर्याएको छ । घरायसी कामका लागि बढी समय खर्च गर्नुपर्ने, घाँसदाउरा सङ्कलनमा बढी समय लाग्ने भएकाले बालिकाहरूले विद्यालय छोड्ने समस्या बढ्नुका साथै उनीहरूको आर्थिक अवस्था पनि नाजुक हुँदै गएको छ । यस अनुसन्धानमार्फत वातावरणीय नीतिहरूमा सुधारका लागि सुझाव दिइएको छ† जसमा जलवायु अनुकूलनका लागि नीति बलियो बनाउने दिशामा सुझाव प्रस्तुत गरिएको छ । यसका साथै निर्णय प्रक्रियामा आफ्नो भनाइ राख्न महिला सहभागितालाई थप प्रोत्साहित गर्न आवश्यक छ । यस लेखमा महिलालाई आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बनाउन शिक्षाका साथै उनीहरूको सुविधामा पहुँच वृद्धि आजको आवश्यकता भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
88
PDF
45

Downloads

Published

2025-07-21

How to Cite

Budhathoki, J. (2025). महिलामा जलवायु परिवर्तनको आर्थिक तथा सामाजिक प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 3(1), 44–53. https://doi.org/10.3126/anweshan.v3i1.81953

Issue

Section

Research Article