सीमान्तकृत समुदायका सवाल र मानव अधिकार

Authors

  • Tika Ram Pokharel

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81956

Keywords:

समावेशीकरण, सशक्तीकरण, मूलधार, वञ्चित

Abstract

प्रस्तुत शोधमूलक लेख सीमान्तकृत समुदायका समसामयिक सवालमाथिको विश्लेषणमा आधारित छ । सीमान्तकृत समुदाय भनेको राज्यको मूलधारबाट वञ्चित गराइएकाहरूको समूह हो । सीमान्तकृत समुदायका सवाललाई सम्बोधन नगरी देशको पूर्ण विकास सम्भव छैन । सीमान्तकृत समुदायका समसामयिक सवालहरूमा समावेशीकरण, सशक्तीकरण, न्यायमा पहुँच, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरूको कार्यान्वयन, मौलिक हक र अन्य संवैधानिक र कानुनी व्यवस्थाहरूको कार्यान्वयन, मानव अधिकारको सुनिश्चितता र आर्थिक सवलीकरण प्रमुख हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उनीहरूका सवाल सम्बोधन गर्न थुप्रै व्यवस्था गरिएको भए पनि व्यवहारमा भने राज्यका निकायहरू उनीहरूको हकअधिकारको सुनिश्चिततामा उदासिन देखिन्छन् । राज्यको मूलधारमा सीमान्तकृत समुदायको पहुँच नपुग्नु र राज्य उनीहरूका सवालमा उदासिन हुनु सीमान्तकृत समुदायलाई मूल धारमा ल्याउने सवालमा देखिएको प्रमुख समस्या हो । राज्यको अनुदार चरित्र र समाजको विभेदकारी व्यवहारले सीमान्तवृmतका सवालहरू छायामा परेका छन् । मानव अधिकारको अवस्था दयनीय छ । अन्तर्राष्ट्रिय कानुनले व्यवस्था गरेका सवालहरूको सम्बोधन, मौलिक हकको कार्यान्वयन, मानव अधिकारको प्रत्याभूति, संविधान र कानुनी व्यवस्थाको पूर्णपालना र सीमान्तकृत समुदाय केन्द्रित नीतिनिर्माण र कार्यान्वयनबाट नै सीमान्तवृmत समुदायको अवस्थामा सुधार आउने हुँदा सीमान्तकृतका सवालमा राज्य जिम्मेवार हुन जरुरी छ । सीमान्तकृतका सवाललाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण, विकास निर्माण र सेवा प्रवाह गर्न सके मात्र दिगो तथा मानवअधिकारमैत्री विकास भएर सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
96
PDF
43

Downloads

Published

2025-07-21

How to Cite

Pokharel, T. R. (2025). सीमान्तकृत समुदायका सवाल र मानव अधिकार. Samaj Anweshan समाज अन्वेषण, 3(1), 54–64. https://doi.org/10.3126/anweshan.v3i1.81956

Issue

Section

Research Article