सार्वजनिक विद्यालयमा हुने सामाजिक भेदभाव : एक विश्लेषणात्मक अध्ययन

Authors

  • Dhan Bahadur Reshmi

Keywords:

प्रणालीगत असमानता, प्रतिकारात्मक हिंसा, प्रभावशाली संस्कृति, सीमान्तीकरण

Abstract

प्रस्तुत लेखमा अध्ययन क्षेत्रका सार्वजनिक विद्यालयहरूमा प्रचलित सामाजिक भेदभावबाट पीडित सहभागीहरूको प्रत्यक्ष अनुभव, प्रतिक्रिया तथा यसबाट उनीहरूको जीवनमा परेको प्रभावका विषयमा उजागार गरिएको छ । विद्यालय शिक्षामा सामाजिक भेदभावले अल्पसत्र्यक बालबालिकाहरूको शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा पुर्याउने प्रणालीगत असमानताहरू निराकरण गर्न गराउन अनुसन्धानात्मक आधारहरू निर्माण गर्नु प्रमुख औचित्य रहेको यो अध्ययनको उद्देश्य नेपालका सार्वजनिक विद्यालयहरूमा जातीयताका आधारमा भएका सामाजिक भेदभावहरूको विश्लेषण गर्नु रहेको छ । एथ्नोग्राफिक अनुसन्धान ढाँचाबाट गरिएको यो अध्ययनका लागि पहाडी दुर्गम गाउँले परिवेश र तराईको बजार क्षेत्रका विद्यालयलाई अध्ययन क्षेत्रका रूपमा छनौट गरी सोही विद्यालयमा अध्ययनरत जनजाति र दलित विद्यार्थीहरू तथा कार्यरत शिक्षकहरूलाई अनुसन्धानमा सहभागीहरूका रूपमा स्तरीकृत उद्देश्यमूलक छनौटविधिअनुसार छनौट गरेर उनीहरूबाट आवश्यक सूचना सङ्कलन गरिएको छ । प्राप्त सूचनाहरूको आधारमा दुइटा मुख्य विषयहरू पूर्वाग्रहपूर्ण प्रतिकारात्मक हिंसा र सामाजिक विभेदका असरहरू निर्माण गरी विश्लेषण गरिएको छ । पूर्वाग्रह प्रतिकारात्मक हिंसाको रूपमा विद्यालयको हरेक पलमा महसुस गर्न सकिने, आशयगत तथा अनजानमा  गरिएका उक्त गतिविधिहरूले निरन्तरता पाएको र यसको असरले बालबालिकाहरूमा मानसिक विचलनको अवस्थासमेत सृजना गरेको पाइयो । यी विश्लेषणको आधारमा विद्यालय शिक्षा प्रणाली तथा पाठ्यक्रम सीमान्तकृत बालबालिकाहरूको संस्कृति र दैनिक अभ्याससँग ठ्याक्कै मेल खाने नभए तापनि एउटा कुशल शिक्षक कुटनैतिक तौरतरिकाले प्रस्तुत हुनुपर्ने र प्रतिकारात्मक हिंसा एक संवेदनशील मुद्दा भएकाले यसलाई बेलैमा उचित सम्बोधन गर्नका लागि शिक्षाविद् नीति निर्माणकर्ता, सामाजिक अभियन्ता र शैक्षिक अनुसन्धानकर्ताको ध्यान जानुपर्ने यस लेखको निचोड रहेको छ ।

Abstract
105
PDF
0

Downloads

Published

2025-07-21

How to Cite

सार्वजनिक विद्यालयमा हुने सामाजिक भेदभाव : एक विश्लेषणात्मक अध्ययन. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(1), 65-74. https://doi.org/10.3126/anweshan.v3i1.81959

Issue

Section

Research Articles

How to Cite

सार्वजनिक विद्यालयमा हुने सामाजिक भेदभाव : एक विश्लेषणात्मक अध्ययन. (2025). Samaj Anweshan समाज अन्वेषण, 3(1), 65-74. https://doi.org/10.3126/anweshan.v3i1.81959